गिरिजा प्रसाद कोइराला फाउण्डेशनद्वारा अमेरिकामा बाल मनोविज्ञान सम्वन्धी प्रशिक्षण

प्रकाशित मिति:

अमेरिका –गिरिजा प्रसाद कोइला फाउण्डेशन, अमेरिकाले न्युयोर्कमा बालबालिकाको मनोविज्ञान सम्वन्धी प्रशिक्षण दिएको छ ।ज्याक्सनहाईट स्थित आफ्नै कार्यालयमा विज्ञहरूको उपस्थितिमा बालमनोविज्ञान सम्वन्धी प्रशिक्षण सन्चालन गरेको हो ।

प्रशिक्षणमा एक महिना देखि पाँच वर्ष सम्मका बालबालिका र उनका अविभावकको सहभागिता रहेको थियो ।फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार न्युयोर्कमा रहेका नेपाली सहित बंगलादेशी र तिव्वतियनले प्रशिक्षणमा भाग लिएका थिए ।प्रशिक्षण कुन उमेरको बालवालिकालाई कस्तो प्रकारको खेलौना दिने, बालबालिकाहरूको रूची कसरी थाहा पाउने, उनीहरूलाई कसरी खुसी राख्दै पठनपाठनमा लगाउने लगायतका विषयमा केन्द्रित रहेको थियो ।

बालमनोविज्ञ डाक्टर पल्लवी पटेल र बालबालिका क्षेत्रमा काम गर्दै आएको ह्याण्ड इन ह्याण्ड हात मा हात संस्थाकी अध्यक्ष प्रियंका थापाले सहभागिलाई प्रशिक्षण दिएका थिए ।अध्यक्ष घिमिरेले यस्तो प्रशिक्षण हरेक महिनाको एक दिन नियमित रूपमा सन्चालन गर्ने बताएका छन् । ‘मुख्यतय हामीले कुन बालबालिकाको कस्तो रूचि हुन्छ, उसको स्वाभाव अनुसार अविभावकले कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुरामा नै जोड दिएका छौ ।’‘प्रायस अविभावक काममा व्यस्त हुने र उनीहरूले आफ्ना सन्ततिको मनोविज्ञान बुझ्न नसक्दा घर विग्रिएको थुप्रै घटना छन्, त्यसको न्युनिकरण गर्नु हाम्रो उद्देश्य हो’ अध्यक्ष घिमिरेले भने ।