‘उजिरसिंह जिन्दाबाद, मेरो देश प्राण भन्दा प्यारो छ’ भन्दै एक युवाले प्रधानमन्त्रीलाई कालो भण्डा देखाएपछी

प्रकाशित मिति:

बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो बुटवलमा भाषण सुरु गरे लगत्तै एक युवाले कालो झण्डा देखाएका छन । जितगढी विजय उत्सव समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न सुरु गरे लगत्तै एक युवाले कालो झण्डा देखाएका हुन।

ओलीले बोल्न सुरु गरेको ३ मिनेट नहुदै सुरक्षाकर्मीको घेरा ताड्दै अर्धाखाचीका रुद्रप्रसाद घिमिरेले मञ्च अगाडीको खाली ठाउँमा गएर कालोझण्डा देखाएका थिए । ‘उजिरसिंह जिन्दाबाद, मेरो देश प्राण भन्दा प्यारो छ’ भन्दै घिमिरेले कालो झण्डा केहीबेर देखाएपछी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सञ्चाकर्मीलाई समेत सुरक्षाजाच गरी कार्यक्रमस्थलमा जान दिईएकोमा बिभिन्न तहको सुरक्षा घेरा तोडी मञ्च अगाडी पुगेर करिव एक मिनेट घिमिरेले कसरी कालो झण्डा देखाउन सके सब आश्चर्यमा परेका छन । घिमिरेले कालो झण्डा देखाईरहदा समेत केहीबेर उनलाई कसैले रोकेको थिएन ।