गोठमा आगलागी, एक बालकको मृत्यु

८ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
35 Shares

Flame.Fragment.Background.; Shutterstock ID 289828547

गलकोट – बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा शनिबार राति आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।देवीस्थान छरछरेका विमल सुनारको गोठमा आगलागी हुँदा उनका तीन वर्षीय छोरा विशाल सुनारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

आमा तरकारी टिप्न बारीमा गएको र बालबालिका गोठमा खेलिरहेको समयमा आगलागी भएको निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुवीर विकले जानकारी दिए । आगलागीमा परेर मृतक विशाल सुनारका दाजु विनोदसुनार सामान्य घाइते भएका छन् ।

गोठको भारमा आगलागी भएको भए पनि गोठको तल्लो भागमा रहेका गाईबस्तुलाई कुनै क्षति नभएको बताइएको छ । भारमा भएको पराल र अन्य सामग्री भने जलेर पूर्णरुपमा नष्ट हुँदा करीब रु तीन लाख बराबरको आर्थिक क्षति भएको वडाध्यक्ष विकले बताए । आगलागीपश्चात् स्थानीयको जानकारीमा घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिवाखोलाको टोलीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस