युभेन्ट्सले जित्यो लगातार आठौं पटक लिगको उपाधि

प्रकाशित मिति:

टुरिन- युभेन्ट्सले लगातार आठौं पटक इटालियन ‘सिरी-ए’को उपाधि जितेको छ। शनिबार राति भएको खेलमा फ्लोरेन्टिनालाई २-१ ले हराएर युभेन्ट्सले ५ खेलअघि नै लिगको उपाधि जितेको हो। युभेन्ट्सले ३३ खेलबाट ८७ अंक जोडेर लिगको उपाधि जितेको हो। दोस्रो स्थानको नापोलीको ३२ खेलबाट ६७ छ। अब युभेन्ट्सले सबै खेल हारे पनि नापोली दोस्रो स्थानमै सीमित हुनेछ।

यो सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्ट्स गएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोपमा तेस्रो उपाधि जितेका छन्। यसअघि उनले म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिग र रियल म्याड्रिडबाट ला लिगा जितेका थिए।