‘कटप्पा’ को श्रीमती बन्दै ऐश्वर्या

८ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
120 Shares


काठमाडौँ -सुपरडुपर हिट फिल्म ‘बाहुबली’ मा लिड एक्टर प्रभाषसँगै ‘कटप्पा’ को भूमिका निभाएका सत्यराजले पनि दर्शकको दिलमा आफ्नो स्थान बनाएका छन् । उनले ‘कटप्पा’ को भूमिकालाई यति न्यायपूर्वक निभाएका थिए कि, भारतमा वर्षभरी उनको नाम गुञ्जिएको थियो ।

अब उनले बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अपोजिटमा काम गर्ने खबर बाहिरिएको छ । ऐश्वर्याले आफ्नो नयाँ फिल्ममा ‘कटप्पा’ उर्फ सत्यराजसँग रोमान्स गर्ने लगभग तय भएको बताइएको छ । फिल्म निर्देशक मणिरत्नमको आगामी बिग बजेटको फिल्म ‘पोन्निनी सेल्वम’ मा सत्यराजको इन्ट्री भइसकेको छ । यो फिल्ममा उनले ऐश्वर्याको पतिको भूमिका निभाउने भारतीय मिडियाले बताएका छन् । तर, अहिलेसम्म मणिरत्नमले भने यसबारे बोलेका छैनन् ।

उक्त फिल्ममा ऐश्वर्यासँगै उनका ससुरा अमिताभ बच्चन पनि देखिने सक्ने प्रवल सम्भावना छ । निर्देशक मणिरत्नमले ऐश्वर्या र अमिताभलाई एकसाथ फिल्म अप्रोच गरेका थिए । यद्यपि, बिग बीले अहिलेसम्म यो फिल्म गर्ने वा नगर्ने कुनै निर्णय लिइसकेका छैनन् । तर, साउथ इन्डस्ट्रीमा डेब्यूपछि उनले यो फिल्म पनि गर्ने सम्भावना रहेको बताइएको छ ।
मणिरत्नमको यस बिग बजेट मल्टीस्टारर फिल्म एक तमिल उपन्यासमा आधारित कहानी हो, जसमा ऐश्वर्या एक राजकुमारीको भूमिकामा देखिनेछिन् । जो एक राजासँग विवाह गर्छिन् तर उनले आफू रानी हुनुको गलत फाइदा उठाउँछिन् । राजाको भूमिका सत्यराजले निभाउनेछन् । पर्दामा ऐश्वर्या र सत्यराजको जोडी हेर्न भने दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया