सोलुखुम्बुमा ३६ वर्षीय अमेरिकन नागरिकको मृत्यु

प्रकाशित मिति:

सोलुखुम्बु – भ्रमणका नेपाल आएका एक ३६ पर्षीय अमेरिकन नागरिकको मृत्यु भएको छ । सोलुखुम्बुमा अवस्थित सगरमाथाको आधार शिविर पुगेका ३६ वर्षका क्रिस्टोफर बेन्डनको शनिबार लडेर मृत्यु भएको हो ।

खुम्बुपासाङल्हामु गाउँपालिका ३ को फाक्दिङमा सगरमाथा आधार शिविर पुगेर फर्किँदै गर्दा लडेर उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शव कानुनी पक्रिया पुरा गरेर काठमाडौँको त्रिभुवन शिक्षण अस्पतालमा लगिने भएको छ । – news24