सुदूरपश्चिममा दुई लाख पुस्तक अभाव

प्रकाशित मिति:

कैलाली –  नयाँ शैक्षिक सत्र सुरू भएको एक हप्ता वित्दासम्म सुदूरपश्चिम प्रदेशमा माग अनुसार पाठयपुस्तक अझै पुग्न सेकेको छैन् । २२ लाख १० हजार पुस्तक माग गरिए पनि हालसम्म २० लाख १५ हजार पुस्तक मात्रै पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले जनाएको खबर गाेरखापत्र दैनिकमा छ।

अझै एक लाख ९५ हजार पुस्तक धनगढी पुगेकै छैन्। प्रदेशभर कति संख्यामा पुस्तक आवश्यक छ भन्ने यकिन तथ्यांक नहुँदा यो वर्ष पनि पाठ्यपुस्तक अभाव हुने आशंका बढिरहँदा सुदूरपश्चिम प्रदेशमा भने पाठ्यपुस्तकको अभाव नहुने क्षेत्रीय कार्यालय धनगढीको दाबी छ। अपुग पाठ्यपुस्क आउने तयारीमा रहेको बताउँदै जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढी प्रमुख भुविन्द्र बोहराले नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव नहुने दाबी गरे।