सेक्स बारेका ७ मिथ्या जो वयस्क सत्य मान्छन्

प्रकाशित मिति:

शरीरको हर्मोनल परिवर्तनले टिनएजमा जगाउने सेक्स चाहना समाज र परिस्थितिले कुठिन्त गर्छ। यो कुन्ठाको कारण व्यक्ति सेक्सबारे खुलेर सोध्न, बुझ्न सक्दैन। सेक्स एजुकेसनको कमीले वयस्क भइसक्दा पनि टिनएजमा सुनेका कुराहरु अझै सत्य लाग्ने गर्छन। सेक्सबारेका केही यस्ता विषय जो सत्य लाग्छन्, तर मिथ्या हुन, पढ्नुस्ः

रजस्वला भइरहँदा गर्भवती नहुने रजस्वला हुँदा गर्भवती भइदैन भनेर असुरक्षित सेक्समा सहभागी हुने कुरा गलत मात्र होइन खतरनाक पनि छ।
रजस्वला चक्र चलिरहँदा गर्भवती हुने सम्भावना न्यून मात्र हुन्छ। अनि यो समयको असुरक्षित सेक्सले विभिन्न
यौन रोग निम्त्याउन सक्छ।

वीर्य बाहिर स्खलन गर्नु उपयुक्त गर्भनिरोधको उपाय बिना कण्डम सेक्स जति वाइल्ड र फन सुनिएपनि यसो गर्न सुझाव दिइदैन। वीर्य स्खलन योनी बाहिर गर्ने जति अभरपर्दो हुन्छ त्यति नै जोडीलाई हानीकारण पनि । असुरक्षित सेक्स सदैव स्वास्थ्यको लागि खतरनाक मानिन्छ।

पहिलो सेक्समा रगत आउँछ पहिलो सेक्समा योनीबाट रगत आउनै पर्ने धारणा धेरैले विश्वास गर्छन्। ‘हाइमेन’ सुरक्षित हुनु भर्जिनिटीको प्रणाम मानिने गर्छ। जुन सत्य होइन। कतिपय महिलाको जन्मदै हाइमेन हुँदैन। भने कतिको शारीरिक अभ्यास तथा खेल खेल्दा हाइमेन च्यातिने गर्छ। यस्तोमा पहिलो सेक्समा रगत आएन भने केटाले केटीमाथी गर्ने संङ्काको कुनै तुक
छैन।

सेक्सले हर्ट अट्याक बढाउँछ सेक्सले हृदयघातको सम्भावना बढाउने कुनै आधार भेटिएको छैन। सायद कुनै समय सेक्स गर्दैगर्दा हृदयघातले कसैको मृत्यु भएर यस्तो मिथ्या चर्चामा आएको हुनुपर्छ। तर एक पटक हृदयघात भएको छ भने सेक्सको लागि ४-६ हप्ता कुर्न सल्लाह भने दिइन्छ।

सेक्स पछि टाउकोको बलले उभियो भने गर्भवती हुने सम्भावना बढ्छ यो जति हास्यास्पद र अवास्तविक सुनिएपनि यो विश्वास गर्ने जमात ठूलो छ। बरु सेक्स पश्चात उत्तानो परेर सुत्दा गर्भवती हुने सम्भावना बढाउँछ। यो प्रक्रियामा ढाडको तल्लो भागमा सिरानी राख्दा अझै सहयोग पुर्याउँछ। सेक्स अगाडी पिसाब फेर्दा यौन रोगको सम्भावना घट्छ अर्को चर्चित मिथ्या। बरु सेक्स पश्चात पिसाब गर्दा रोगको सम्भावना केही घटाउँछ। सम्बन्धमा हुँदा सेक्स बढी हुन्छ प्रेम वा वैवाहिक सम्बन्धमा हुँदा दिनदिनै सेक्स हुने वा धेरै सेक्स हुने कुरा सत्य होइन। कुनै सम्बन्ध कायम रहन धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। सफल, स्वस्थ सम्बन्धको लागि दुवैको उत्तिकै भूमिका हुनुपर्छ। यसमा सेक्स मात्र एउटा अंग हो। – नेपालीहेडलाइन