प्रदेश ५ अन्तरगतका १२ जिल्लाका रेडक्रसकर्मीहरुद्धारा विपतको समना गर्ने विषयमा बुटवलमा छलफल

१७ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुमा बाढी पहिरो आगलागी जस्ता प्राकृतिक प्रकोप हुने गरेको तथा तराईका जिल्लाहरु डुवान, आगलागी, सितलहरु जस्ता प्राकृतीक प्रकोपको सम्भावना रहेकाले विपद् ब्यवस्थापनमा तयारी रहनु पर्ने विहिवार बुटवलमा आयोजीत कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
नेपाल रोडक्रस सोसाईटी जिल्ला कार्य समिती रुपन्देहीले आयोजना गरेको विपत व्यावस्थापन विषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्ने नेपाल रोडक्रसका सोसाईटीका जिल्ला प्रतिनिधिहरुले प्रकोप नियन्त्रणको पुर्व तयारी गर्नु पर्ने बताएका छन । । अन्तरक्रिया कार्यक्रममा रुपन्देही सहित पांच नम्बर प्रदेशका नवलपरासी, पाल्पा, अर्घाखाँचि, गुल्मी, दाङ, बाँके र बर्दिया जिल्ला का प्रतिनिधिहरुले जिल्लाको प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा रहेका विपतका समस्या र नेपाल रेडक्रस सोसाईटीले गरेका उद्दार तथा राहातको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रि कुल प्रसाद के.सिले प्रदेशमा रहेका विपद जोखिमको पहिचान गरि न्यूनिकरणको लागि प्रदेश सरकारले काम सुरु गर्ने बजेट छुट्टाएको बताउनु भयो ।
आन्तरिक मामिला तथा कनुन मन्त्रालयका सचिव मान बहादुर विकेले नेपाल रेडक्रस सोसाईटीले विपत व्यावस्थापनमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै अव प्रदेश सरकार पनि रेडक्रस संग हातेमलो गरेर अगाडी बढ्ने बताउनु भयो । उहाले प्रत्येक स्थानिय तहको कर्ययोजना अनुसार प्रदेश सरकारले विपत व्यावस्थापनमा सहकार्य गर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासको सभापतीत्व पूर्व सभापति तथा जिल्ला सहस्य दिपक क्षेत्री न्यौपालेको स्वागत तथा जिल्ला मन्त्रि कृष्ण पंगेनीको संचालनका कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया