श्रीलंका बम विस्फोट : कम्तीमा २५ जनाको मृत्यु, २०० जना घाइते

८ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
21 Shares


श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन् भने २ सय बढी घाइते भएका छन् । घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ ।

कोलम्बोको सेन्ट एन्टोनियो चर्चमा बम विस्फोट भएको हो । इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको हो । विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन । इस्टर सन्डे’ इसाई धर्मावलम्बीहरुको प्रमुख पर्व हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था
  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड…
  • बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित
  • सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि
  • आज  मंगलबारको राशिफल