‘जात्रै जात्रा’को शिर्ष गीत रिलिज

प्रकाशित मिति:

काठमाडौँ -कालिप्रसाद बास्कोटाको आवाजमा समावेश चलचित्र ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक भएको छ । यो गीतले चलचित्रको भावलाई प्रस्तुत गरेको छ । जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्रको यो गीतमा अर्जुन भट्टराइको शब्द, कालिप्रसादकै संगीत छ ।

प्रविण सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको यो गीतमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँलाई फिचरिङ गरिएको छ । प्रदिप भट्टराइले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् ।चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र ‘जात्रा’ बक्स अफिसमा हिट भएको थियो । यसकारण पनि यो चलचित्र दर्शकका लागि प्रतिक्षित छ ।