मुनपा १ का भलिवल खेलाडी राजेश कुँवर उत्कृष्ट स्पाइकरमा घोषित’

प्रकाशित मिति:

कौरब खत्री,गुल्मी मुसिकोट नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीद्धारा आयोजित मुसिकोट नगर रनिङ्गकप वडा स्तरीय भलिवल प्रतियोगिता आज वामी टक्सारमा सम्पन्न भएको छ ।समापन समारोहमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर उपप्रमुख कमला शर्माले खेल क्षेत्रको विकास गर्न नगरपालिका सधै तत्पर रहेको बताउदै खेल जीवनसँग जोडिएकोले खेलाडीले यसलाई निरन्तरता दिनुपर्ने बताइन् ।

साथै उनले नगर खेलकुद विकास समितिले भावी दिनमा खेलकुदका कार्यक्रमहरुमा पुरुष तथा महिलाहरुलाई समेत समान अवसर दिनुपर्नेमा जोड दिदै खेलको प्रतिस्पर्धाले क्षमताको विकास हुने बताइन ।साथै सोही अवसरमा मुसिकोट नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष प्रकाश काफ्ले, वडा नं. ८ का वडाअध्यक्ष नारायण सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

 

‘  स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित विहिवार देखि शुरु गरिएको भलिवल प्रतियोगितामा नगरभित्रका सबै वडाबाट गरि २३ समूहको सहभागिता रहेको थियो ।सम्पन्न भलिवल प्रतियोगताबाट मुसिकोट नगरपालिका १ गुल्मीले नगद रु. ५० हजार,टफी मेडल र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेको छ ।भने मुसिकोट नगरपालिका ८ गुल्मीले नगद रु.३०हजार टफी, मेडल र प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ ।

 यस्तै मुसिकोट नगरपलिका ६ गुल्मीले नगद २० हजार टफी,, मेडल र प्रमाण पत्र सहित तृतीय पुरस्कार हात पारेको छ ।साथै भलिवल खेलमा मुनपा १का खेलाडी राजेश कँवरले उत्कृष्ट स्पाइकर घोषित भएका छन् भने सोही वडाका खेलाडी कृष्ण प्रताप केसीले उत्कृष्ट ब्लकरको रुपमा घोषित भएका छन् यस्तै मुनपा ५का खेलाडी कृष्ण परियार उत्कृष्ट लिफ्टर घोषित भएका छन्साथै मुनपा ८का खेलाडी सन्दिप विक उत्कृष्ट खेलाडी घोषित भएका छन् मुनपा ४का खेलाडी कृष्ण दर्लामी उत्कृष्ट डिफेण्डरमा घोषित भएका छन् मुनपा ६का खेलाडी सन्दिप भर्ताल अनुशासित खेलाडी घोषित भएका छन्

विभिन्न विधाबाट उत्कृष्ट हुने खेलाडहिरुलाई टफी र प्रमाण पत्रले सम्मान गरिएको थियो ।समापन कार्यक्रम नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीका अध्यक्ष नविन कक्षापतिको अध्यक्षता मुसिकोट नगरपालिकाका नगर उपप्रमुख कमला शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रम नगर खेलकुद विकास समितिका उपाध्यक्ष प्रकाश नेपालीको स्वागत मन्तव्य सँगै शुरु गरिएको कार्यक्रमको सञ्चालन भने नगर खेलकुद विकास समितिका सचिव बिमल छन्त्यालले गरेका थिए ।

 भलिवल खेल मुसिकोट नगरपालिका वडा नं.७ वामीटक्सारमा सञ्चालन भइरहेको भलिवल खेल विहिवारदेखि शुरु गरिएको कार्यक्रम आइतवार सम्पन्न भएको थियो