एनआरएनए निर्वाचन : बोर्ड अफ डाइरेक्टरमा टंक राज रेग्मी महेश को उमेदवारी दर्ता

८ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
26 Shares


के पी भट्ट -कनेटिकेट अप्रिल २० अमेरिका गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा टंक राज रेग्मी महेश ले उमेदवारी दर्ता गराएका छन् । अमेरिकाको टेक्सास राज्य मा विगत लामो समय देखि बस्ने रेग्मी युवाहरुको प्रतिनिधीत्व गर्दै एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दाखिला गरेको स्पष्ट पारे । नेपालको नवलपरासीमा का बासीन्दा रेग्मी नेपालमा रहंदा पनि युवाहरुमा सामाजिक व्यक्तित्वको रुपमा परिचित थिए ।

अमेरिकामा पनि युवा पुस्तालाई अगाडी बढाउन पर्छ भन्ने मान्यताका साथ आफुले उम्मेद्वारी दिएको उनले बताए । प्रवासमा सबैभन्दा बढि युवा बिद्यार्थीहरुका समस्या व्यापक रहेकोले संस्थागत रुपमा उनीहरुका समस्या समाधानका लागी पहल गर्न पनि आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ । युवा व्यवसायी रेग्मी युवाहरुको नेतृत्व गर्दै आफुले बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दर्ता गरेकोले सबै गैर आवासीय नेपाली संघ अमेरिकाका सदस्यहरुको साथ र सहयोग रहेने बिश्वास समेत उनले व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया