ए कान्छी को म्युजिक भिडियो सार्वजनिक

८ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
0 Shares


बुटवल,बैसाख । गुल्मेली मोडल तथा कलाकार एच.वी.थापाको दोस्रो गीत ‘ए कान्छी’ को म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ । आइतबार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो । मुकेश घतानीको स्वर रहेको गितमा सुनिल रोकाको शब्द गोबिन्द माथुरको एरेन्ज एच.बि. थापा,पुजा जोशी र अस्मित पोखरेल लगाएतको अभिनय रहेको छ । बिजय राई र दिपक अधिकारीको नृत्य निर्देशन रहेको गितको निर्देशन अस्मित पोखरेलले गरेका छन् ।  एच.बिको यो दोस्रो गित हो । यो भन्दा अघिल्लो गित थाहै नपाई’ ले पनि अत्याधिक सफलता पाएको र यो गितलाई पनि दर्शकले पहिले जस्तै मन पराउनेमा विश्वस्त रहेको मोडल एच.बिले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया