एनएमबि बैंकको सहारा बचत खाता

एनएमबि बैंकले सबैको सहारा बचत खाता संचालनमा ल्याएको छ

प्रकाशित मिति:

बुटवल, बैसाख । एनएमबि बैंकले सबैको सहारा बचत खाता संचालनमा ल्याएको छ । खोलौ बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमबि बैंकले सो खाता संचालनमा ल्याएको हो । ‘एक घर एक खाता’ अभियान संचालन गर्दै आएको बैँकले हालै सरकारले घोषणा गरेको एक व्यक्ति एक खाता नीति अनुसार ‘एनएमबि सबैको सहारा बचत खाता’ संचालनमा ल्याएको बैँकका प्रदेश ५ कार्यालय प्रमुख सुरेन्द्रमान महर्जनले बताए ।
अभियान अन्तरगत बैँकमा खाता खोल्दा १८ गंभिर रोगहरु लागेमा खातावाल वा खातावालाको नजिकको हकवालालाई १० लाख सम्मको बीमा रकम उपलब्ध गराइने बैंकका प्रदेश बचत प्रवन्धक दिविर शाहले बताए । यस अभियान अन्तरगत खाता खोलेमा बैंकले रु १ सय खातावालाको खातामा जम्मा गरिदिने समेत उनले बताए । यो खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिने र जस अन्तर्गत खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा वा क्यान्सर, किड्नी निस्कृयता, लिभरको रोग, मस्तिस्कघात, हृदयाघात, प्यारालाइसिस  आदि जस्ता १८ गम्भिर रोगहरु मध्ये कुनै एउटा रोग लागेमा विमांक प्राप्त हुने छ । बैंकका अनुसार उक्त खातामा सर्वाधिक ब्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ्ग, निःशुल्क ईन्टरनेट बैंकिङ्ग तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निशुल्क रकम झिक्न सकिने जस्ता सुविधाहरु रहेका छन् । एनएमबि बैंकका हाल ११० शाखा ४ एक्स्टेन्सन काउन्टर, ९९ एटिएम संचालनमा रहेका र प्रदेश ५ मा मात्रै एक लाख ७५ हजार ग्राहक रहेका कर्जा प्रवन्धक कमल न्यौपानेले बताए ।