अस्पताल बराबरको सुविधा सहित पोलिक्लिनिक संञ्चलनमा

प्रकाशित मिति:

बुटवल-बुटवल उपमहानगर पालिका वार्ड नं. ८ मा नव संञ्चालित मेडिकेयर पोलिक्लिनिक बुटवल प्रा. लि. ले २०७६ बैशाख ८ गते आज बाट आफ्नो सेवाहरु संञ्चालनमा ल्याएको छ । उक्त स्वास्थ्य पोलिक्लिनिकमा बुटवलमा भएका प्राईभेट अस्पताल सरह सेवाहरु प्रदान गर्ने जमर्को गरेको छ। यस मेडिकेयर पोलिक्लिनिक बुटवल प्रा. लि. ले ईर्मजेन्सी सेवा, फार्मेर्शी सेवा, प्रयोगशाला सेवा, डिजिटल एक्स–रे, भिडियो एक्स–रे तथा ई.सि.जी. सेवाहरु का साथै दैनिक स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ।

यस मेडिकेयर पोलिक्लिनिक बुटवल प्रा. लि. शुभारम्भको अवसरमा विभिन्न स्वास्थ्य सेवामा निःशुल्क मधुमेह जा“च तथा विषेश छुटको व्यवस्था गरेको छ । यस पोलिक्लिनिकले शुभारम्भ कार्यक्रम ३ दिन ८, ९, १० दिन सम्म संञ्चलन गर्ने भएको छ । उक्त दिनहरुमा निःशुल्क (स्त्री तथा प्रसुति रोग विशेषज्ञ, नवजात तथा बाल रोग विशेषज्ञ साथै अन्य विशेषज्ञ)स्वास्थ्य परिक्षण तथा विभिन्न सेवाहरु(प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, ई.सि.जी.)मा २० प्रतिशत छुटको व्यवस्था मिलाएको जानकारी पोलिक्लिनिकका अध्यक्ष श्री कमल गौतमले जानकारी गराउनु भयो ।निकट भविष्यमा अरु थप अत्याधुनिक सुविधा सहितको अस्पतालको रुपमा परिणत गरीने कुरा अध्यक्षद्धारा जानकारी गराउनु भयो ।