विमानस्थलबाट डेढ किलो सुनसहित दुई पक्राउ

प्रकाशित मिति:

काठमाडौं – अवैध तरिकाले नेपाल सुन भित्र्याउने भियतनाम र कम्बोडियाका दुई नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीले लगेज चेक गर्ने क्रममा उनीहरुको साथबाट एक किलो ६ सय ३ ग्राम सुन बरामद गरेको हो।

पक्राउ पर्नेमा भियतनामी नागरिक भो थि मुओई र कम्बोडियाली नागरिक दिभी युवाई छन्। मुआईको साथबाट सात सय ८४ ग्राम र युवाईको साथबाट नौ सय ३५ ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरीले जनाएको छ।नेपाली मूल्य अनुसार बरामद सुनको मूल्य ८५ लाख २७ हजार सात सय ६१ रुपैंया पर्छ।