कार्य सम्पादनमा उच्चतम व्यक्तित्व कट्टेल चुनावी मैदानमा

प्रकाशित मिति:

सुरेश कोइराला न्यूयोर्क–बलिया र सक्षम व्यक्तित्वमा रुपमा परिचित अमृत कट्टेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा सचिव पदमा उम्मेद्वारी दिनु भएको छ । सचिव पदका सबैभन्दा बलिया दावेदार कट्टेलले हाल एनआरएनएमा बोर्ड अफ डाइरेक्टरको महत्वपूर्ण कार्यभार सम्हादै आउनु भएको छ । कार्य सम्पादनमा अहिलेसम्म उच्चतम व्यक्तित्वका रुपमा उहाँ स्थापित हुनुभएको छ ।

एनआरएनएमा उहाँले हासिल गर्नुभएको अनुभव र समाजसेवा प्रतिको लगावलाई अमेरिकास्थित प्रवासी नेपालीले सरहना गरेका छन् । युवा व्यवसायीका सोच तथा कार्यायोजनाहरूले सचिव पदको कालमा संस्थालाई अझ बढी चुस्त, दुरुस्त र सेवामुखी बनाउन अति नै उपयोगी सिद्द हुने ठहर एनआरएनएले गरेको छ ।एनआरएनए अमेरिकालाई आगामी दिनमा सहयोगी भातृत्व प्रेमी अपनत्व संस्था बनाउन सक्षम, योग्य, ऊर्जाशिल, क्षमतावान र अनुभवी व्यक्तित्वको खाँचो भएको कट्टेलले औल्याउनु भएको छ । एनआरएनए विधि, विधान, नीति नियममा हिड्ने, भ्रष्टाचार र अनियमितता मुक्त सबैको साझा र सहयोगी संस्था बनाउन अग्रसर हुने उहाँको प्रतिवद्धता छ ।

आफूले एक कार्यकाल सम्म गरेको अनुभव र संघमा केहि युवा र व्यवसायिक व्यक्तिहरूको योगदान रहोस भन्दै केहि योगदान दिनको हुँ,’ उहाँले भन्नु भयो ‘ दोहोरो कर प्रणालीबारे धेरैमा भ्रम र ज्ञानको कमि छ ।’ यसलाई चिर्न म सफल हुने मैले विश्वास लिएको छु ।’पुख्यौली घर गोरखा भएका कट्टेल चितवनमा हुर्किनु भएको हो । नेपाल विधार्थी संघको कजेल राजनीतिमा स्वाद चाखेका कट्टेलले अमेरिका आएपछि पनि नेपाली जनसम्पर्क समितिसँग नजिक रहेका कार्यसम्पादन गर्दै आउनु भएको छ ।२०१० मा अमेरिका पुगेका कट्टेल पहिलो पटक २०१४ मा एनसीसी अमेरिकाको सदस्य बन्नु भएको हो । त्यसो त ओक्लेहमा राज्यमा आफू सफल व्यवसायी भएको उहाँको दावी छ ।