अमेरीकामा जीवनजलको चर्चा

प्रकाशित मिति:

वासिङटन डिसी- अमेरिकी वैज्ञानीक डा. डेबीड नलीनले विकसीत र अल्पविकसीत देशमा अझै पनि झाडा पखाला र हैजा रोकथाम गर्न जीवनजलको उपयोगीता रहेको बताएका छन् । त्यहांको विदेश मन्त्रालयको थिंकटयान मानीने काउन्सील अन फरेन रिलेसन्सले आयोजना गरेको ‘७० करोड जनसंख्याको जीवन रक्षाका लागि सामान्य प्रयोग’ नामक छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । ५० वर्ष पहिले बंगलादेशको कक्सी वजार वाट डा. नलीनले झाडा पखाला रोकथामको उपाय प्रयोगमा ल्याएका थिए ।

स्वास्थ्य क्षेत्रमा कार्यरत निती निर्माता विश्वविद्यालयका प्राध्यापक अनुसन्धानकर्ता लगायत वरिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको छलफल कार्यक्रमा हाडवर्ड विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा रिचार्ड क्यास (Richard cash) ले विज्ञान र प्रविधीको क्षेत्रमा स्वास्थ्यमा पनि धेरै फड्को मारेको बताउंदै अशिक्षा र गरिब जनताका लागि सामान्य विधी नै प्रभावकारी हुने बताए । स्मरणीय छ ,डा .नलीन र डा क्यास हैजा र झाडा पखाला रोगको रोकथामका लागि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, थाईल्याण्ड र जोर्डन लगायतका देशमा विगत ५० वर्ष देखी कार्य गर्दै आएका छन् । त्यसै गरी आयोजक संस्थाका तर्फवाट ग्लोवल स्वाथ्यका वरिष्ठ फेलो जेवोल्कीले विकसीत देशमा पनि प्रविधी युक्त अस्पताल भएपनि बिरामीले चर्को शुल्क तिर्नु परेको बताउदै गरिब देशमा भएका राम्रा र सफल प्रयोगलाई अंगीकार गर्नु पर्ने बताए । अगामी दीनमा यस्ता सफल कार्यक्रमलाई आफ्नो संस्थाले प्राथमिकतामा राख्ने पनि बताए