प्रेम पुन्थोकी
यस बर्षको पनि कोरियालाई आफ्नो कर्मथलो बनाउने सपना पुरा गर्ने पहिलो खुड्किलो स्वरुप कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ७६ जनाले फारम भरे । सन् २००८ बाट रोजगारीका लागि कोरिया पठाउन थालिएकोमा गएको चैत्र मसान्त सम्मा ६० हजार ७८२ जनाले कोरियामा रोजगारीको अवसर पाएको इपीएस कोरिया शाखाको तथ्यांकले देखाउँछ । शाखाका सुचना अधिकारी शोभाकर भण्डारीका अनुसार कामदार पठाउन लागिएको पछिल्ला १२ बर्षमा सन् २००९ र १२ मा आवेदन आह्वान नगरिएको भए पनि बाँकी बर्षहरुमा माग भए भन्दा ठुलो संख्यामा आवेदन पर्दै आएको छ । सन् २००८ मा ३१ हजार ५२५ ले आवेदन दिएको मा अहिले त्यो संख्या बढेर ९२ हजार ३ सय ७६ पुगेको हो । इपीएसको आफ्नै परिक्षा प्रणाली अनसार भाषा परिक्षाका बिभिन्न बिधिबाट कामदार छनौट गर्दै आइरहेको छ ।

अगाडिका बर्षहरुको तुलनामा पछिल्ला बर्षहरुमा बढ्दै गएको आवेदन दरलाई हेर्दा पनि कोरियामा रोजगारीको लागि नेपाली युवा युवतीको उत्तिकै क्रेज भएको मान्न सकिन्छ । यो अवसरको सदुपयोग गर्ने महिलाहरुको पनि रुची देखिन्छ जसकै कारण आवेदक संख्याको १५ प्रतिशत महिलाको संख्या देखिन्छ । यस बर्ष ९२ हजार ३ सय ७६ जनाको आवेदनमा ६३ हजार ४ सय ८७ जनाले उत्पादनमुलक क्षेत्र र २८ सय ८ सय ८९ जनाले कृषि क्षेत्रका लागि निवेदन दिएका छन् जसमा ७७ हजार ३ सय ९३ र महिला १४ हजार ९ सय ८३ जना छन् । अगाडिका बर्षहरुको दरलाई हेर्दा करिब १० प्रतिशतको संख्यामा भाषा परिक्षामा महिलाको उतिर्ण दर देखिन्छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरियाले नेपाल सहितका १६ मुलकबाट कामदार लैजाने गरेको छ । सन् २०१९ को लागि नेपालबाट १० हजार दुुई सयको संख्यामा कामदार लैजाने छ । हाल सम्म सन् २००८ देखी ३ हजार ६१७ महिला रोजगारीमा लागि कोरिया पुगेकाछन् । अघिल्लो बर्षका दरलाई हेरेर गरिएको अनुमानलाई आधार मान्दा यस बर्ष ५६ हजार कामदार कोरियाले माग गर्नेछ , जसमा नेपालबाट १० हजार २ सय कामदार जान पाउनु नेपाली कामदार प्रतिको बिश्वास नै हो । इपीएस कोरिया शाखाका अनुसार कोरियामा रोजगारीको आर्कषणसँगै प्रतिस्पर्धा पनि बढ्ने हुनाले अधिकतम भाषा तयारी र माग संख्याको आधारमा उच्च अंक ल्याउनु पर्ने हुन्छ ।


जनसम्पर्क समिति कोरियाका सदस्य धुब्र पाण्डेय सरकार टु सरकार (जि टु जि) सम्झौताबाट कामदार लैजाने व्यवस्था भएको कारण कामदार ठगिने संभावना नहुने र सरकारले तोकेको सुबिधा पाइने हुनाले पनि कोरियामा नेपाली कामदारको आर्कषण बढेको बताउँछन् । उनी कामदारले नियमानुसार सेवा तथा कम्पनी परिवर्तन समेत गर्न पाउने सुबिधा हुनुका साथै सिप सिक्ने अबसर समेत हुने हुँदा कोरियामा रोजगारीका लागि उपयुक्त गन्तव्य रहेको बताउँछन् ।
दक्षिण कोरियामा अध्ययनको लागि पुगेकी अनिशा ढकाल कोरिया बिद्यार्थीहरुका लागि समेत उपयुक्त भएको बताउँछिन् । उनका अनुसार अध्ययनसँगैे व्यावहारिक अभ्यास र तोकिएको निश्चित समयमा का मगर्ने सुबिधाका कारण पढाई पनि काम पनि दुबै सुबिधा पाउन सकिन्छ । बिद्यार्थीहरु बिशेष गरि रेस्टुरेन्ट, मार्ट, मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानका पसलहरुमा काम गर्ने गर्छन् भने साइन्स, इन्जिनियरिङ्गका बिद्यार्थीहरु बढि समय ल्याव मै व्यस्त हुनुपर्ने हुँदा काम गर्ने बातावरण हुँदैन, उनीहरुलाई युनिभर्सिटीले नै निश्चित निर्वाह भत्ता उपलब्ध गराउँदै आएको हुन्छ । अर्को तिर कामदार भिसामा जाने महिलाहरु प्राय कृषिमा जाने तर तुलनात्मक रुपमा पुरुषले भन्दा बढि असहज महसुुस गर्ने गरेको ढकाल बताउँछिन् ।
त्यसो त अन्य गन्तव्य मुलुकको तुलनामा आर्कषक तलब पाइने भएर पनि कोरियाको आर्कषण बढेको हो । कोरियामा काम गरिरहेका सुदिप भण्डारीले कम लागतमा कोरियामा पुग्न सकिने र महिनामा डेढ देखी दुई लाख सामान्य कमाई गर्न सकिने भएको हुँदा रोजगारीको लागि उपयुक्त गन्तव्य भएको बताउँछन् । तथापी नेपालमा जस्तो सामान्य परिश्रम गर्नको लागि हिच्किचाउनेहरुले कोरियामा गर्ने परिश्रमको तुलना गर्न नसकिने उनको भोगाई छ । एक पटक कोरिया बसेर नेपाल फर्किएर बुटवलमा व्यावसाय संचालन गरिरहेका अर्घाखाँचीका बिशाल सारु कोरियामा आफुले सिकेको सिप आफ्नै देशमा लगाउन पाए राम्रो हुने बताउँछन् । उनी एक पटक कोरिया पुग्दा जम्मा हुने केही रकम आफ्नै देशमा लगानी हुुन सके आम्दानी र रोजगारीको अवसर सृजना गर्न सकिने बताउँछन् ।
कोरियामा रोजगारीको लागि पुगेकाहरुको भोगाई र अनुभवलाई हेर्दा कोरियाको लागि भाषासँगसँगै सिपको आवश्यकता पनि उत्तिकै हुन्छ । जसले आफु जाने कम्पनीको कामको प्रकृति अनुसार आफुलाई तयार रहन सहयोग गरेको हुन्छ । त्यसो त कोरियामा हाल सम्म १६० भन्दा बढि कामदारले ज्यान गुमाएका छन् । जसको मुख्य कारण भनेकै त्यहाँको वातावरणसँग आफुलाई घुलमिल गराउन नसक्दा र उच्च परिश्रममा आफ्नो तनाव व्यवस्थापन गर्न नसकी आत्महत्या गरेको पाइएको छ भने कति बिभिन्न र्दुघटनाहरु छन् । जानकारहरु भन्छन् ‘कोरियामा काम छ र कामको सम्मान पनि तर का मगर्नको लागि हरेक किसिमबाट आफुलाई तयार राख्नुपर्छ ।’

रोजगारीका लागि कोरिया पुगेका युवाको अनुभव

        सुदिप भण्डारी

बैदेशिक रोजगारीका लागि नेपाली युवाहरुको आकर्षणको केन्द्र दक्षिण कोरिया हो । कोरिया भन्ने बित्तिकै प्राय सबैको मन लोभिन्छ, मासिक डेढ दुई लाख कमाई अनि कम लागत । महिनाको एक लाख पाए त जस्तो सुकै काम गर्थें भन्ने हाम्रा मानसिकता अनि कोरिया मा चाहिँ कमाई तेस्तै नेपाल मा रहुन्जेल देखिन्छ त केबल लाखौ तलब जसले गर्दा कोरियन भाषा परिक्षा का लागि) आबेदन दिने लहर तेस्तै छ। तर वास्तविक कोरिया हाम्रो सपानाको देश भन्दा अलि बेग्लै रहेछ, हेर्दा घुम्दा त रमाईलो नै छ तर यहाँको सँस्कृती ,खानपान अनि विशेष त काम अलि फरक रहेछ । समय तेस्तै एक सेकेन्ड को पनि तेतिनै महत्व काम गर्ने समय भन्दा १० मिनेट अघि नै गएर तयारी गर्नुपर्ने अनि कामनज को समय मा एक सेकेन्ड नरोकिएर काम गर्नुपर्ने हामी नेपाल मा रहुन्जेल खासै काम नगरेका गरेको नै भए पनि लगातार नगरेकोले यहाको लगातार काम गराई अनि उस्तै रफ्तार काम सजिलो नै भए नि केही गाह्रो हँुदो रहेछ ।
तर पारिश्रमिक राम्रो हुन्छ दुः ख गरे पनि तलब आउने दिन भने मन साह्रै खुशी हुन्छ । परिवार सम्झिँदा मैले दु ः ख गरेछु र त परिवार खुशी छ्न भन्ने भावना ले फेरि काम गर्ने हौसला दिदो रहेछ । समग्रमा त्यति नराम्रो पनि छैन, अनि तेति सहज पनि छैन ।
कोरिया रोज्नुहुने समस्त साथीहरुलाई म यहि भन्न चाहान्छु,काम धेरै धेरै परिश्रम अनि लगनशिलता को मानसिकता भनाएर आउनुभयो भने पक्कै सजिलो हुनेछ।

  •  
    39
    Shares
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •