थोर्गा रुपन्देही सम्पर्क समाजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

थोर्गा रुपन्देही सम्पर्क समाजले बिहिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  समाजले प्रत्येक वर्ष बार्षिकी कार्यक्रम अन्र्तगत रक्तmदान कार्यक्रम गर्दै आएको र अन्य समाजिक उत्तरदायित्वका कार्यक्रम समेत सञ्चालन गर्दै आएकोे समाजका अध्यक्ष राम प्रसाद भुर्तेलले बताउनुभयो । बुटवलको रक्तसंचार केन्द्रमा सञ्चालन भएको कार्यक्रममा ४१ युनिट रगत संकलन भएको थियो । गुल्मीको थुर्गामा जन्म भुमि भई रुपन्देहीलाई कर्मथलो बनाउदै आएका थोर्गेलीहरुको एकता र पहिचानको लागि संस्था निमार्ण गरिएको समाजका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक मिन प्रसाद पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा सल्लाहाकार तथा निवर्तमान अध्यक्ष ज्ञान प्रसाद ज्ञवाली , सचिव कमल ज्ञवाली, सल्लाहाकारहरु गोपाल ज्ञवाली ,  अर्जुन पोख्रेल, केशव ज्ञवाली , कार्यसमिति सदस्य ओम ज्ञवाली लगाएतको उपस्थितिमा समापन भएको थियो ।