रिहा भएका पत्रकार महर्जन पुनः प्रहरी हिरासतमा

प्रकाशित मिति:

बुटवल / जनपत्रकार संगठन नेपालका काठमाडौ जिल्ला संयोजक एवम् न्यूगु ज्वजलपा वा÷पौ साप्ताहिकका सम्पादक जितेन्द्र महर्जनको नेपाल पत्रकार महासंघले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा हिजो सुनुवाई गर्दै अदालतले रिहा गर्ने आदेश पश्चात रिहा भएसँगै प्रहरीले पुनः अदालत परिसर बाटै दु्रव्यवहार र अभद्र व्यवहार गर्दै गिरफ्तार गरेको छ । सरकार पुरानै तानाशाह र निरङ्कुसता तर्फ अगाडि बढेको भन्दै संगठनका अध्यक्ष प्रकाश डुम्रेले अदालतले रिहा गर्न आदेश दिएका पत्रकारलाई पुनः बल प्रयोग गरेर अदालत परिसर बाट पक्राउ गरि संगठित अपराध र राज्यद्रोहको गम्भीर मुद्दा लगाउन उद्दत सरकारी रबैयाको घोर निन्दा गरेकाछन् । उनले साथै एउटा निर्दोष पत्रकारलाई राजनीतिक आस्थाकै कारण अदालतले छाड्ने आदेश दिदा समेत पुनः अभद्र र दुर्ववहार गर्दै गिरफ्तारी गरिदा देशभरका पत्रकारहरुले महर्जनको निसर्त रिहाइको माग गर्दै पुर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितताको लागि सबैपक्षको ध्यानाकर्षण गर्दै रिहाइको पहल को् लागि आह्वान गरेका छन् ।