राप्रपा लाई सरकारले बार्तामा बोलायो

प्रकाशित मिति:

काठमाडौं– सरकारले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई वार्तामा बोलाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाएर औपचारिक रुपमा वार्तामा बोलाएको हुन्। वार्ता वैशाख १० गते दिउँसो १ बजे सिहंदरवारमा प्रस्ताव गरिएको छ।

राप्रपाले फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा २२ बुँदे ज्ञापन पत्र बुझाएर संषर्घ सुरु गरेको थियो।सरकारले वार्तामा बोलाएको विषयलाई राप्रपाले सकारात्मक रुपमा लिएको छ। ‘हामी भोलि औपचारिक रुपमा वार्ता समिति गठन गर्छौं। सरकारले बोलाएको समयमा वार्तामा जान्छौं’, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने।राप्रपाले संघर्षका कार्यक्रम अन्तर्गत मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, धर्ना, विरोधसभा तथा धर्म निरपेक्षताको पोस्टर जलाउने कार्य गरेको थियो। पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणका कार्यक्रम तय गर्ने तयारीमा रहेको राप्रपालाई सरकारले वार्तामा बोलाएको हो।