प्रदेशसभा नियमावलीको नियम ९९, १०७ र ११० निलम्बन सम्बन्धी पेश भएको प्रस्ताव आजको सभाबाट पारित ,, अर्को बैठक आईतबार बस्ने

१७ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
12 Shares


प्रदेश नम्बर ५ को आजको संसद बैठकमा दुई वटा विधेयक र एकवटा विधेयकसँग सम्बन्धित विषयगत समितिको प्रतिवेदन पेश भएको छ । प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश अन्र्तगतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धी ऐन संशोधन गर्न बनेको बिधेयक र प्रदेश अन्र्तगतका गाउँ तथा नगर सभाको कानुन निर्माण प्रक्रिया सम्वन्धि ऐन संशोधन गर्न बनेको बिधेयक पेश गरेका हुन् । बिहीबारकै बैठकमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य सर्तका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित प्रदेश मामिला तथा कानुन समितिको प्रतिवेदन समितिका जेष्ठ सदस्य भोजप्रसाद श्रेष्ठले पेश गरे । प्रतिवेदन पेश गर्नुअघि नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा नियमावलीको नियम ९९, १०७ र ११० निलम्बन सम्बन्धी पेश गरेको प्रस्ताव सभाले पारित गरेको थियो । यसअघिका बैठकमा बिशेष समय लिएर बोल्ने नेपाली कांग्रसकी सांसद रिना नेपाल बिक र राजपाकी कल्पना पाण्डेले उठाएका प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सांसदहरुले एक अर्कालाई आरोप लगाउँदा सांसदको गरिमालाई ख्याल गर्नुपर्नेमा जोड दिनु भयो ।
बिहीबारको बैठकमा बिशेषाधिकार समितिमा रहने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेपनि दलहरुबाट सो समितिमा रहने सदस्यहरुको नामवली प्राप्त नभएको भन्दै सभामुख पूर्णबहादुर घर्तिले तेस्रो नम्बर कार्यसूचीबाट हटाएका थिए । प्रदेश सभाको बिहीबारको बैठक २५ मिनेटमै सकिएको थियो । अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना