रामेछापमा धावनमार्गबाट जहाज चिप्लियो

प्रकाशित मिति:

रामेछाप — लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । सोमबार बिहान नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन।दुर्घटनापछि रनवे बन्द गरिएको छ। चिप्लिएको जहाज नहटाएसम्म उडान सुचारु हुन सक्ने अवस्था छैन।