सभामुख र उपसभामुख फरक फरक दलको हुनु पर्ने माग गर्दै नेपाली कांग्रेसले अदालतमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी

१७ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
1 Shares


नेपाली  कांग्रेसले उच्च अदालत तुल्सिपुर बुटवल इजलाशमा दायर गरेको रिटमा आज अदालतले प्रदेश नम्बर ५ प्रदेश सरकार तथा प्रदेश सभा सचिबालयलाई कारण देखाउ आदेश दिएको छ । उक्त रिट माथि भएको वहसपछि अदालतले १५ दिन भित्र रिट निवेदकले भने अनुशार सभामुख उपसभामुख मध्ये कुनै एक पद खाली गर्न किन नपर्ने हो यसको लिखित जवाफ दिन भनेको छ ।विहिबार निवेदकको तर्फबाट वरिष्ट अधिबक्ता नेत्र बहादुर नेपाल , शालिग्राम बञ्जाडे र कृष्ण प्रसाद पोखरलले गरेको बहस पछि बुटवल इजलाशका न्यायधिश लोहित चन्द्र शाहले यस्तो आदेश जारी गर्नु भएको हो ।
प्रमाण सहितको जवाफ प्रदेश सभा सचिबालयले पेश गरेको १५ दिनपछि अदालतले थप आदेश दिने बताइएको छ ।
यस अघि बुधबार नेपाली कांग्रेस की सांसद तथा तत्कालिन उपसभामुख पदकी उमेदवार रिना नेपाल विकले अदालतमा सभामुख र उपसभामुखक फरक फरक दलको हुनु पर्नेमा त्यस्तो नभई एउटै दलबाट प्रतिनिधित्व भएको भन्दै अदालतको आदेशको माग गर्दै रिट दायर गर्नु भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि यो विषयमा पटक पटक संसदमा ध्यानआर्कषण गराउँदै आएको थियो ।
संविधानमा संसदमा सभामुख र उपसभामुख पद फरक फरक दलको हुनु पर्ने स्पष्ट व्यवस्था भएपनि त्यसको कार्यानयन नभएकोले अदालतमा पुग्नु परेको अधिवक्ता कृष्ण प्रसाद पोख्रेलले बताउनु भयो
प्रदेश ५ मा सभामुख मा पुर्ण वहादुर धर्ति र उपसभामुखमा कृष्णी थारु हुनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि
  • पाल्पामा घुस लिएको आरोप लागेका एक वडाध्यक्ष पक्राउ