‘राम राम’ मा सौगात अनुबन्ध

प्रकाशित मिति:

काठमाडौँ -गएको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ पछि लामो समय कुनै फिल्म साइन नगरेर प्रेमिका सृष्टि श्रेष्ठसँग ‘क्वालिटी टाइम स्पेन्ड’ गरिरहेका अभिनेता सौगात मल्ल अब भने धमाधम फिल्म गर्ने मुडमा देखिएका छन् । गत वर्षको चैतमा ‘लप्पन छप्पन २’ पछि गएको बिहीवार उनी फिल्म ‘पोई पर्‍यो काले’ मा अनुबन्ध भए ।

यसबीच, शुक्रवार उनले अर्को नयाँ फिल्म साइन गरेका छन् । ‘फन्को’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘राम राम’ मा सौगात भित्रिएका हुन् । सौगातसँगै शुक्रवार नै फिल्ममा निर्देशकको रुपमा सुवर्णको पनि प्रवेश भएको हो । यसअघि दुईले फिल्म ‘फन्को’ मा सहकार्य गरेका थिए । हालै बैबाहिक जीवनमा बाँधिएका निर्देशक थापाले लामो समयपछि फिल्म निर्देशन गर्न लागेका हुन् । ‘राम राम’ को कथावस्तु कमेडीप्रधान रहेको बताइएको छ । फिल्ममा सौगातबाहेक अरु कलाकार फाइनल भएका छैनन् । फिल्ममा एनआरएनएहरुको लगानी रहने छ । डाइमण्ड स्टार फिल्मस्को ब्यानरमा फिल्म बन्नेछ ।

फिल्ममा कथा तथा पटकथा दिनेश महतको रहनेछ । फिल्मको दशैंबाट छायांकन सुरु हुनेछ भने वर्षान्तरमा रिलिज गर्ने तयारी निर्माण टिमको छ । फिल्म निर्माण अगावै विभिन्न देशमा विदेश प्रदर्शन राइट्स विक्री भइसकेको लेखक महत बताउँछन् । सौगात र निर्देशक सुवर्णको दोस्रो सहकार्यले कस्तो रंग ल्याउँला रु धेरैलाई चासो छ ।