सुजुकीको अफरः गुड्दै नगुड्ने बाइक तथा स्कुटरसँग नयाँ साट्न सकिने

प्रकाशित मिति:

काठमाडौं । जापानीज मोटरसाइकल तथा स्कुटर सुजुकीका लागि नेपालको आधिकारीक वितरक भीजी सुजुकीले मेगा एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । सुजुकीको नेपालभर रहेको आधिकारिक शोरुमहरुबाट यो योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कुनै पनि ब्राण्डको जस्तो सुकै अबस्थाको बाइक तथा स्कुटरको न्यूनतम मूल्य ३० हजार दिने जनाएको छ । गुड्दै नगुड्ने बाइकको समेत ३० हजार मूल्याङ्कन दिने यो योजनमा सामान्य अबस्थामा रहेको बाइकको मूल्य न्यूनतम थप १५ हजार दिने कम्पनीले जनाएको छ । बैशाख ९ गतेदेखि सुरु हुने यो योजना बैशाख १५ गतेसम्म चल्नेछ । यो मेगा एक्सचेन्ज अफरमा ग्राहकले बाइक खरिद गर्दा नयाँ बाइकमा ५ बर्षको वारेन्टीका साथै आकर्षक छुटको समेत व्यबस्था रहेको कम्पनीले जनाएको छ ।