ट्रकको ठक्करबाट प्रिन्सिपल कार्कीको निधन

श्री मसिना बाबा माध्यमिक विद्यालयका प्रिन्सिपल शेरबहादुर कार्कीको ज्यान गएको छ

प्रकाशित मिति:

भैरहवा, बैशाख ९ । रुपन्देहीको गुरवानीयमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्री मसिना बाबा माध्यमिक विद्यालयका प्रिन्सिपल शेरबहादुर कार्कीको ज्यान गएको छ । भैरहवाबाट लुम्बिनी तर्फ गइरहेको ना ८ ख १५०८ नम्बरको ट्रकले लु ३० प १६०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको ट्राफिक प्रहरी इन्चार्ज बेथरीका प्रसनि मोहन कुमार गुरुङले जानकारी दिएका छन् । मायादेवी गाउँपालिका वडा नम्बर ६ गुरवानीयामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार कार्कीको मृत्यु भएको हो । प्रसनी गुरुङका अनुसार क्षतविक्षत भएको मोटरसाइकल बेथरी प्रहरी कार्यालयमा छ भने वडा प्रहरी कार्यालय भैरहवाको नियन्त्रणमा ट्रक रहेको छ ।