इँटा टायलको जग्गा बिवादमा विप्लवको उर्दी

प्रकाशित मिति:

काठमाण्डौ /ललितपुर महानगरपालिका २८ मा रहेको हरिसिद्धि इँटा तथा टायल कारखाना उद्योगको जग्गाा विवाद तानिएपछि नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ले जग्गा बिक्री तत्काल रोक्न चेतावनी दिएको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै विप्लव समूहले यस्तो चेतावनी दिएको हो।
भूमाफिया, राजनीतिक दलका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीको मिलेमतोमा जग्गा बिक्री वितरण गर्त लागेकोप्रति विप्लव समूहले आपत्ति जनाएको हो।
विप्लप समूहले मालपोत कार्यालयको नाममा सो जग्गा कुनै व्यक्ति तथा कम्पनीको नाममा नामसारी नगर्न तथा भूमिसुधार कार्यालयलाई कुनै पनि प्रक्रिया अगाडि नबढाउन विज्ञप्तिमार्फत् चेतावनी दिएको हो।