बिद्युत महाशुल नबुझाएका ग्राहकहरुको लाईन कट

प्रकाशित मिति:

इमरान खान – कपिलवस्तु ९ बैशाख । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारमा आज नेपाल बिद्युत प्राधिकरण बितरण तथा ग्राहक सेवा तौलिहवा बितरण केन्द्रले तिब्र रुपमा लामो समय देखि बिद्युत महाशुल नबुझाएका १४ जना ग्राहकहरुको घर घरमा गई बिद्युत लाईन काटेका छन ।

बितरण केन्द्र तौलिहवाका अनुसार ग्राहकहरुलाई बारम्बार समझाउदा तथा प्रचार प्रसार समेत गरेकोमा अटेरी गरी लामो समय देखि तौलिहवा लगायत अन्य ठाँउहरुमा अधिकांश ग्राहकहरुले बिद्युत महाशुल नै नतिरि लाईनको प्रयोग गर्दै आएकोमा बाध्य भई आज देखि घर घरमा गई बिद्युत लाईन काटने गरिएको छ उत जानकारी बितरण केन्द्र तौलिहवाका लेखा प्रमुख प्रकाश रोकाले जानकारी दिनुभएको छ । साथै बितरण केन्द्र तौलिहवाका प्रमुख जय कुमार यादवले बिद्युत चुहावाट नगर्न तथा बाकी बक्यौता बिद्युत महाशुल समयमा तिर दिन सम्पुर्ण ग्राहकबर्गहरुमा समेत अनुरोध गरेका छन ।