बम विस्फोटमा दुइ भारतीय पूर्व सांसद मारिए

प्रकाशित मिति:

एजेन्सी : आइतबार श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटमा दुइ भारतीय पूर्व सांसद मारिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मारिनेमा भारत जेडिएस जनता दल सेक्युलर का  नेता छन्। एम रंगप्पा र केजी हनुमंथरैयप्पा विस्फोटमा मारिएका भारतीय सञ्चारमाध्यमलाइ उद्धृत गर्दै जी न्युजले जनाएको छ। उक्त विस्फोटमा परी पाँच जना नेता पनि हराइरहेका बताइएको छ।

भारतीय विदेशमन्त्री सुषमा स्वराज र कोलम्बोस्थित भारतीय उच्चायोगले उनीहरू मारिएको पुष्टि गरेका छन्। कर्नाटकका मुख्यमन्त्री एचडी कुमारस्वामीले यसअघि उनीमहरू मारिएको हुनसक्ने आशंका व्यक्त गरेका थिए। जेडिएसका ७ नेता शनिबार श्रीलंका भ्रमणमा गएका थिए। कोलम्बोमा भएका विस्फोटपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन। श्रीलंकामा आइबार भएका विस्फोटमा मारिएका ३६ जना विदेशीमध्ये ५ जना भारतीय छन्। कर्नाटकका मुख्यमन्त्री तथा जेडिएस नेता एचडी कुमारस्वामीले विस्फोटमा मारिएकाप्रति शोक व्यक्त गरेका छन्।उनले भने, ‘कर्नाटकबाट श्रीलंका भ्रमणमा गएका जेडिएसका ७ नेताको समूह विस्फोटपछि हराएको छ। उहाँहरूमध्ये २ जना मारिएको आशंका छ।