अर्घाखाचीका एक युवाले आफ्नै साथीलाई खुकुरी हाने

प्रकाशित मिति:

बैसाख  । अर्घाखाचीका एक युवामाथि आफ्नै साथीले खुकुरी हानेर हत्याको प्रयास गरेका छन् । अर्घाखांची छत्रदेव ४ का कैलाश भुसाललाइ आफ्नै गांउका दाजुभाइ पर्ने सुवास भुसालले खुकुरी हानेर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । उनी प्रहरी नियन्त्रणमा छन् । उनीहरु दुबैजना एउटै मोटरसाइकलमा अर्घाखांचीबाट रुपन्देहीको बुटवल आउदै थिए । रुपन्देही र पाल्पाको सिमाना बल्ढेङगढीमा हत्या प्रयास भएको हो ।  कैलाशको बांया हात र गर्धनमा गहिरो चोट छ,हात चुढ्ने अबस्थामा छ,उनको अप्रेशन शुरु भएको छ’ । अस्पतालमै रहेका प्रहरी निरीक्षक एकबहादुर नेपालीले बताए । हत्या प्रयास गर्ने आरोपित सुवास भुसालले नै एम्बुलेन्समा अस्पताल ल्याएको प्रहरीको भनाइ छ । प्रहरीले सुवासलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ ।सुवास तिलोत्तमामा बिजुली पसलका संचालक रहेको खुलेको छ ।