देशका बिभिन्न भागमा बुधबारसम्म चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने

प्रकाशित मिति:

वैशाख, काठमाडौं । देशका बिभिन्न भागमा बुधबारसम्म चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । देशका पहाडी भू भागमा दिउँसो र रातिको समयमा मेघ गर्जनका साथै केही स्थानमा चट्याङ र हुरीबताससहित हल्का वर्षा हुने अनुमान मौसम विद्हरुको छ ।सोमबार, मंगलबार र बुधबार तीनै दिन मौसमको अवस्था उस्तै रहेने अनुमान गरिएको छ ।

सोमबार देशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानीसमेत पर्ने अनुमान गरिएको छ भने मंगलबार पूर्वी तथा मध्य क्षेत्रलगायत पश्चिमी पहाडी भू भागका केही स्थानमा पानी पर्ने मौसमविद्को अनुमान छ । बुधबार पनि पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली हुने, केही स्थानमा मेघ गर्जन हुनुका साथै चट्याङ्ग, हुरीबताससहित हल्का वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।