पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा ७ लाई हिंसा मुक्त वडा घोषणा गरियो

प्रकाशित मिति:

रामु भुषाल, हिसां मुक्त वडा बनाउने अभियान अन्र्तगत ईक्वयल एक्सेस ईन्टरनेश्नलद्धारा विगत १४ महिनादेखी संचालित परियोजना अन्र्तगत परिवर्तन घरदेखी समुदायसम्म कार्यक्रम सञ्चालन भइरहेको बर्दघाट नगरपालिका वडा ७ ले उक्त वडालाई सोमबार एक कार्यक्रमका बीच हिंसा मुक्त वडा घोषणा गरेको छ ।

सोमबार कोपिला परिवर्तन समुह को आयोजना तथा वडा नम्बर ७ को सहयोगमा बर्दघाट ७ जिमरेभारमा सम्पन्न कार्यक्रममा बर्दघाट वडा नम्बर ७ का वडाध्यक्ष ध्रुब थारुले हिसां मुक्त वडा घोषणा गर्नुभएको हो । बर्दघाट वडा नम्बर ७ का वडाध्यक्ष ध्रुबथारुको अध्यक्षता तथा बर्दघाट नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति समयोजक माया देवी पौडेलको प्रमुख आतिथ्यतामासम्पन्न घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले वडालाई हिसां मुक्त घोषणा गरेर मात्र नहुने र यसलाई टिकाई राख्न सबैको साथ र सहयोग रहनुपर्ने बताउदै अब यस वडामा कुनै पनि खालका हिंसा हुन नदिनका लागी विभिन्न अभियानहरु थाल्नुपर्ने र त्यसका लागी स्थानिय सरकार सहयोग गर्न तयार रहेको र नगरका सबै वडामा उक्त अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । सो अवसरमा समुहकी फिल्ड सुपरभाईजर ईन्द्रावती चौधरीका अनुसार ७ नं। वडामा रहेका ४ सय ५० सबै घरधुरीहरुमा गरीएको सर्वेक्षणमा अति हिंसा हुने गरेका १० घर परिवारका १० श्रीमान श्रीमतीहरुको जोडीलाई आफुहरुले प्रत्यक्ष रुपमा मोटिभेसन गरेको छ ।

त्यसैगरी वडाका अन्य ब्यक्तिहरुलाई हिंसा नगर्ने प्रतिवद्धता सहित हिंसा मुक्त घर रहेको संकेत गर्न वडाका सबै घरधुरीमा सांकेतिक झन्डा राखिएको बताउदै यस वडालाई हिंसामुक्त घर घोषणा गरि हिसांमुक्त वडा घोषणा गरिएको बताउनुभएको छ । कार्यक्रममा वडा सदस्य कविता राय माझि, तिनाउ विकास बैकं जिमरेभारका शाखा प्रबन्धक जगदिश जिसि, दाउन्नेदेवी महिला बहुदेश्यि सहकारी सस्थाकी अध्यक्ष देवी पौडेल, उद्योग बाणिज्य संघ बर्दघाटका महासचिव लेखनाथ न्यौपाने, स्थानयि समाजसेवी टंक प्रसाद उपाध्याय, राम नारायण श्रेष्ठ, भवानी प्रसाद पौडेल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । परियोजनाले सो वडामा सञ्चालन गरिरहेको र परिवारका श्रीमान र श्रीमतीबीच पारिवारिक एकता र प्रत्येक घरधुरीमा हिंसामुक्त समाज निर्माणका लागी परियोजनाले काम गरिरहेको परियोजनाकी सञ्चार तथा पैरवी अधिकृत नवोदिता सुवेदीले जानकारी गराउनुभएको थियो । सो अवसरमा जनप्रतिनिधि, वडाबासी, विभिन्न संघ सस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगाएतको उपस्थिती रहेको कार्यक्रममा परियोजनाकी सहजकर्ता ईन्द्रावती गुरुङको स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहजकर्ता खेमराज सुवेदीले गर्नुभएको थियो ।