गफ र हावादारी सपनाबाट मुलुकमा समृद्धि नआउने नेता केसी को भनाई

प्रकाशित मिति:

बुटवल -नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले गफ र हावादारी सपनाबाट मुलुकमा समृद्धि नआउने प्रष्ट पारेका छन् । अहिलेको सरकारले खोक्रा भाषण र प्रचारबाजी मात्रै गरेकाले १३ महिनामा समृद्धिको कुनै संकेत नदेखिएको दाबि गरेका हुन् ।

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलको सोमबार भएको साक्षात्कारमा बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।लोकतन्त्रको आवरणमा सरकार सर्बसत्ताबाद र अधिनायकबादको बाटोमा गएको भन्दै पूर्वमन्त्री समेत रहेका केसीले अहिलेको सरकारले संसदीय ब्यवस्था फेल गराउने पो हो की भन्ने चिन्ता लागेको सुनाए ।राष्ट्रिय सुरक्षा बिधेयकले राष्ट्रको हित गर्दैन सरकारले शैनिक परिचालन हुन सक्ने बाटो देखाएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता केसीले ब्याक्ति भन्दा पार्टि पार्टी भन्दा राष्ट्र ठूलो भएको बताए ।

जती ढिलो भयो त्यती समस्या हुने भन्दै अर्काे स्थानीय निर्बाचन हुने बेला र महाधिबेशन नजीक बनाउन नहुने प्रष्ट पारे । अहिले पार्टीको क्रियाशिलता नबिकरण ,नया बितरण,बुथ वडा निर्बाचन प्रकृया थालौं उनले सुझाव दिए ।‘कुनैपनि जिबन्त पार्टीमा गुट उपगुट हुन्छ,कांग्रेसको बिबाद जति सबै महाधिबेशनले सबै टुंगाउछ, बैचारिक पुर्नजागरण हुन्छ ।’ उनको धारणा छ ।नेता केसीले सरकारी जग्गाको संरक्षणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । उनले सरकारकै मान्छेहरुको मिली भगतमा वालुवाटाको जग्गा कब्जा गरिएको टिप्पणी पनि गरे ।