रुपन्देहीमा सफ्ट टेनिस संघ गठन,अध्यक्षमा डा ढुंगाना

प्रकाशित मिति:

बुटवल -खेलकुदको महाकुम्भ भैरहेको पाच नम्बर प्रदेशमा नयानया खेलकुदका शाखा विस्तार भैरहेकोछ । अन्तराष्टिय रुपमा नाम कमाएको सफट टेनिस खेलको विकास र विस्तारका लागि डा मनोज ढुंगानाको अध्यक्षतामा रुपन्देहीमा शाखा गठन भएको हो ।

संघको उपाध्यक्ष रत्न पौडेल, सचिव बालकृष्ण अर्याल, कोषाध्यक्ष विष्णु प्रसाद चापागाई, सदस्यहरु ओम प्रसाद अर्याल, डा तनुजा सिह, रामप्रसाद पोखरेल सर्वसम्मत चयन भएका छन यसैगरि संस्थाको सल्लाहकारमा दीर्घ बहादुर केसी, गोपाल ज्ञवाली, अर्जुन बहादुर गुरुङ, स्वस्तिक श्रेष्ठ, कपिल ज्ञवाली पहिलो बैठकबाट मनोनित गरेको छ ।एक कार्यक्रमका बिच रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै जिल्लामा कान्छो समिति भएपनि भौतिक र खेलाडी उत्पादनमा सहयोग गर्ने बताए ।कार्यक्रममा समितिका कार्यालय प्रमुख संगमसिह थापा, रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवालीले पाच नम्बर प्रदेशमा खेलको विकासमा सरकारको लगानी बढेको बताए ।