वरिष्ठ गायक तथा संगीतकार मदन दिपबिमको अमेरिकाको क्यालिफोर्नियामा निधन

प्रकाशित मिति:

अमेरीका । ७१ बर्षिय वरिष्ठ गायक तथा संगीतकार मदन दिपबिमको निधन भएको दुखद समाचार छ । अप्रिल २२ तारिख बिहान १ बजेर ५३ मिनेटमा दिपबिमको निधन भएको हो । अमेरिकाको क्यालिफोर्नियाको सन मेटियो मेडिकल सेन्टरमा मदन दिप बिमको निधन भएको जानकारी मेरिल्याण्ड तथा पेंसेलभेनियाका लागि नेपाल सरकारका महा बाणिज्य दुत प्रेम राजा महतले दिनु भएको छ ।

महतले सामाजिक संजाल मार्फत समबेदना दिनु भएको छ भने देशले एक विशिष्ट कलाकार गुमाएको भन्दै समबेदना ईनेप्लिज मार्फत पनि दिनु भएको छ । वरिष्ठ संगीतकार स्व मदन दिपबिमले करिव १ हजार ५ सय भन्दा ज्यादा गीतहरुमा संगीत दिनु भएको छ । ५० भन्दा माथि लोक गीत गाउनु भएको छ । दिपबिम हास्य व्यंग कलाकार पनि हो । स्व दिपबिमले पुराना तथा नया कलाकार का गीतहरुमा संगीत दिनु भएको छ । वहाकी सुपुत्री ममता दिपबिम पनि अमेरिका मै हुनु हुन्छ भने अमेरिकामा रहदा विभिन्न स्थानमा स्व दिपबिमले प्रस्तुति गर्नु भएको छ । स्व मदन दिपबिम का प्रसिद्ध गीत सुरिलो रुख सल्लै हो ,खोजेको तिमीले कल्लाई हो लगायत प्रख्यात गीतहरु रहेका छन् ।