राम्रो संस्कारको विकास हुन्छ भने म छोड्न तयार छु :शंकर खड्का

प्रकाशित मिति:

अमेरिका -एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा आईसीसी मेम्बरमा शंकर खड्काले यदी सर्बसम्मत बनाउन सकिन्छ भने आफुले उमेद्वारी फिर्ता लिएर सहयोग गर्न तयार भएको बताएका छन् ।

नेप्लिज डायस्पोरासंग कुरा गर्दै खड्काले भने, “कुरा मिल्छ भने म आफ्नो उमेद्वारी फिर्ता लिन तयार छु ।” “एउटा राम्रो संस्कारको विकास गरौँ भन्ने मेरो चाहना हो ।” उनले भने, “सकेसम्म सबै पदहरुमा मिलाउन पहल गरौँ होइन भने पनि आईसीसी मेम्बरमा सजिलै सहमति गर्न सकिन्छ ।”“म हेर्दैछु, शायद केहि दिन मै यसको पहल शुरु गर्छु होला ।” खड्काले भने । ७ जनाको संख्या हुनु पर्ने एनआरएनएको आईसीसी मेम्बरमा ११ जनाको उमेद्वारी परेको छ । यसै जाँदा ४ जना पराजित हुने देखिन्छ ।

खडकाको उमेद्वारीलाई अहिले बिशेष चासोका रुपमा लिईएको छ । उनि अहिलेका बलिया उमेद्वार हुन् । उनलाई प्रजातान्त्रिक धारका धेरै मतदाताहरुले एक आशालाग्दा उमेदवारका रुपमा लिएका छन् ।खड्का एनआरएनए अमेरिकाका पुर्ब केन्द्रिय सचिव हुन् । जनसम्पर्क समितिभित्र उनलाई खरो र स्पष्ट बोल्ने युवाका रुपमा चिनिन्छन् । नेपाल रहंदा लामो समय नेविसंघको राजनीति गरेर बिताएका खड्का तरुण दलका पुर्ब केन्द्रिय सदस्य हुन् ।नेपालमा हुँदा रामेछाप जिल्लाको बेथानमा आफ्नै अध्यक्षता एउटा सामुदायिक कलेज स्थापना गरेका खड्का सानै उमेरदेखि सामाजिक सेवामा क्रियाशील ब्यक्ति हुन् ।एनआरएनए एउटा गैर नाफामुलक सामाजिक संस्था हो र यसको उद्देश्य विशुद्ध सामाजिक सेवा हो भन्ने उनको स्पष्ट बुझाई छ । “समाज सेवा भनेको दिनका लागि जाने हो लिनका लागि होइन । म आफ्नो धन र परिवारको समय दिईरहेको छु र अझै दिने योजनाका साथ म अगाडी बढेको छु ।” (उनले भने ।आन्तरिक खिचातानी र एक पक्षको पूर्वाग्रहका कारण गएको निर्वाचन उनी यहि पदमा पराजित भएका थिए । यस पटक भने उनको अवस्था पहिलाको भन्दा सुरक्षित छ ।