पेरिसमा रोमान्टिक मूडमा देखिए बर्षा र सन्जोग

१० बैशाख २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
95 Shares


काठमाडौँ -गत वर्षको फागुनमा अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै जीवन विताउने कसम आएका क्यूट कपल वर्षा राउत र संजोग कोइराला अहिले हनिमुन ट्रिपमा छन् । केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए ।

अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु धुमधाममा व्यस्त छन् । दुबैले धुमधामको क्रममा खिचिएका तश्बिरहरु सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् ।
अभिनेत्री वर्षाले पेरिस पुगेसँगै श्रीमान् संजोगसँगका केही रोमान्टिक तश्बिर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छन् । तश्बिरमा दुबै रोमान्टिक देखिएका छन् । एक तश्बिरमा वर्षालाई संजोगले अंगालोमा लिएका छन् । भने, दोस्रो तश्बिरमा वर्षाले संजोगलाई गालामा चुम्बन गरेकी छन् । दुबै तश्बिरको पृष्टभूमिमा एफिल टावर देख्न सकिन्छ ।

बैबाहिक जीवनमा बाँधिएको करीब डेढ महिनापछि उनीहरु हनिमुन ट्रिपमा निस्किएका हुन् । किनकि, विवाह लगत्तै अभिनेत्री वर्षा फिल्म जात्रै जात्राु को छायांकनमा व्यस्त हुनु परेको थियो । यो फिल्मको छायांकन पूरा भएलगत्तै श्रीमान् संजोगसँग उनी हनिमुनका लागि पेरिस उडेकी हुन् । विवाह पूर्व उनीहरु ७ वर्ष अफेयरमा थिए । गएको शुक्रवार त्रिभुवन विमानस्थलमा श्रीमान् संजोगसँग भेटिएकी वर्षाले हनिमुन ट्रिप करीब तीन साताको हुने बताएकी थिइन् । बैशाख २० मा आउने फिल्म दाल भात तरकारीु को प्रमोसनमा सहभागी हुन नपाउने जानकारी गराउँदै उनले जेठ ३ मा रिलिज हुने फिल्म जात्रै जात्राु को प्रमोसनको बेला भने आफू काठमाडौं आइपुग्ने वाचा गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • राप्ती गाउँपालिकाले मनाईयो ७०औँ प्रजातन्त्र दिवस
  • सडकमा रात विताउने नागरिक मुक्त राप्ती गाउँपालिका घोषणा गर्ने
  • फुटबल प्रतियोगिताको उपाधि बागमति युथ क्लब सर्लाहीले उचाल्यो
  • सभामुख घर्ती भन्नुहुन्छ – ब्यवसायिक शिक्षाले झन समस्या ल्यायो
  • ट्रंक कल विद्युत विलिङ्ग उद्योगी समस्यामा डेलिगेसन मुख्य मन्त्री कार्यालयमा
  • रुपन्देही उद्योग संघमा औषधी र कापी तथा स्टेशनरी वस्तुगत समिति…
  • लैङ्गिक हिंसा सम्बन्धी नीति र कानून विषयक अभिमुखीकरण सम्पन्न
  • संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव
  • अपाङ्गता मैत्री शासन निर्माणमा स्थानिय तहको भुमिका विषयक कार्याशाला सम्पन्न
  • विश्व शान्तिको १५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न