अन्तिम क्वाटरफाईनलबाट डिवाईसी सेमिफाईनलमा प्रवेश

प्रकाशित मिति:

डिवाइसी सियारी–१ रुपन्देहीको कोटिहवामा जारी १८र्आैं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पशुपति मा.वि.को मैदानमा बिहीबार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा न्यु सिर्जना युवा क्लब करौजियालाई शुन्यका विरुद्ध ५ गोलले पराजित गर्दै डिवाइसी सियारी–१ सेमिफाइनलमा प्रवेश गरेको होे ।

डिवाइसीको जितको लागि विदेशी खेलाडी म्याक्सले खेलको पहिलो हाफको १०औं मिनेट, दोस्रो हाफको ३३औं मिनेटमा १÷१ गोल, जनक कार्कीले खेलको पहिलो हाफकोे १६औं मिनेटमा १ गोल र राज पौडेलले दोस्रो हाफको १०औं र २५औं मिनेटमा १÷१ गोल गरेका थिए ।बिहीबार सम्पन्न खेलको म्यान अफ द म्याच डिवाइसीका दिपेश श्रेष्ठ घोषित भएका थिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनलका खेल सुरुवात हुँदैछ । पहिलो सेमिफाइनल खेल आयोजक लिस्नु युवा क्लब कोटिहवा र नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल बीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।

साउन २१ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही, नवलपरासी, दाङ, स्याङजा र चितवनका गरी १६ टिमले भाग लिएका छन् ।