श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिति:

काठमाडौं । ललितपुरको गोदावारी ४२, गोदामचौरमा श्रीमती हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मानसिक सन्तुलन ठीक नभएका सिन्धुलीका जयबहादुर वाइवा छन् ।

महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँका अनुसार उनले श्रीमती ४१ वर्षीया सुनमाया अधिकारीलाई धारिलो हतियार खुर्पा प्रहार गरेका थिए ।थप अनुसन्धान र परीक्षण भइरहेको प्रहरीको भनाइ छ ।