विभिन्न मागसहित अभिभावकसंघद्धारा सामाजिक विकास मन्त्रिलाई ज्ञापनपत्र

प्रकाशित मिति:

नेपाल राष्ट्रिय अभिभावक संघ बुटवल नगर समितीले विभिन्न माग तथा सुझावहरु राख्दै बुटवल उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । संघले शिक्षाको अधिकार स्थानीय तहमा आएकोले शिक्षा सम्बन्धि निती निर्माण र त्यसको कार्यान्वयन गरी शैक्षिक संस्थालाई सवल र सक्रिय एवं उत्तरदायी बनाउने लगायतका विभिन्न माग तथा सुझाव सहितको ज्ञापनपत्र बुझाएको हो । बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीलाई बुझाएको ज्ञापनपत्रमा संघलाई नगर शिक्षा समितीको सदस्यमा मनोनयन गर्नुपर्ने, निजी कलेजहरुमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढ्ने व्यवस्था मिलाउनुपर्ने र ति कलेजहरुलाई स्थानीय सरकारको नियन्त्रणभित्र ल्याउनुपर्ने, कलेजहरुको अनुगमनमा संघलाई समेत सहभागि गराउनुपर्ने, विद्यार्थी भर्ना शुल्क एकमहिनाको शैक्षिक शुल्क भन्दा बढि लिन नपाईने शिक्षा नियमावलीमा भएको व्यवस्थालाई व्यवहारमा ल्याउन आग्रह गरिएको छ । त्यसैगरी विद्यालय र शिक्षकहरुबाट पाठ्यपुस्तक विक्री गर्ने कार्यलाई रोक्नुपर्ने, छात्रवृत्ति वितरणलाई प्रभावकारी बनाउनुपर्ने, विद्र्थीद्या भर्ना गर्दा विभिन्न नाममा सहयोग तथा चन्दा लिने गरिएकोले त्यसलाई रोक्नुपर्ने लगायतका माग राखिएको छ । संघले उक्त ज्ञापनपत्र प्रदेश ५ सामाजिक विकास मन्त्री सुदर्शन बराललाई समेत बुझाएको जनाएको छ ।