राष्ट्रिय मावि बर्दघाट ७ जिमिरेभारको तिन कोठे ट्रष्ट भवन हस्तान्तरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-गत २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पको चौथो स्मृति दिवसको अवसर पारि नेपाल सरकार राष्टिय पुन निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाई शिक्षा जिल्ला आयोजना कार्यान्वयन ईकार्य अनुदान ब्यवस्थापन तथा स्थानिय पुर्वाधार नवलपरासीको सहयोगमा निर्माण भएको राष्ट्रिय माध्यमिक विद्यालय बर्दघाट ७ जिमिरेभारको तिन कोठे विद्यालयको ट्रष्ट भवन हस्तान्तरण कार्यक्रम मंगलबार विद्यालयको प्रांगणमा सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कैलाश चौधरीको अध्यक्षता, बर्दघाट नगरपालिकावडा नम्बर ७ का वडाध्यक्ष ध्रुब थारुको प्रमुख आतिथ्यता एवं राष्ट्रिय पुन निर्माण कार्यान्वय प्राधिकरण जिल्ला कार्यान्वय ईकाई नवलपरासीका प्रमुख राजिन्द्र कार्कीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले राष्ट्रिय मावी यो नगरकै सबभन्दा पुरानो विद्यालय २०१६ सालमा स्थापना भएपनि आर्थिक अभावका कारण ब्यवस्थापन हुन नसकेकोर यस क्षेत्रका बासिन्दा र सहयोगी दाताहरुको प्रयास पश्चात अहिले विद्यालयले भौतीक पुर्वाधार लगाएत शैक्षिक गुणस्तरमा फड्को मारेको जिकिर गर्दै अहिलेपनि विद्यलयमा पक्की भवनको अभाव रहेको हुदा सम्बन्धित निकायलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

सोही कार्यक्रममा बोलदै विशिष्ट अतिथि राजिन्द्र कार्कीले महाभुकम्पको बेला धेरै धनजनको क्षति हुनुका साथै विद्यालयहरुमा समेत क्षति पुगेकाले प्राधिकरणले क्षतिग्रत विद्यालयको पुननिर्माणका लागी परियोजना लागु गरेको र यस जिल्लामा २सय ८ विद्यालय भुकम्पले क्षतिग्रस्त भएकोमा यसै आर्थिक बर्षमा पुर्वी नवलपरासीमा २४ र पश्चिम नवलपरासीमा ११ गरि ३५ विद्यालयमा प्राधिकरणद्धारा पुर्ननिर्माण गरिएकोमा यस विद्यालयका ३ कोठे ट्रष्ट भवन निर्माणका लागी ३५ लाख बजेट स्विकृत भएको र मापदण्ड र समझौता बमोजिम विदयालयले समयमै काम सम्पन्न गरेकोमा विद्यालयलाई धन्यबाद ब्यक्त गर्दै सम्पन्नताको प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रअ शेषकान्त पौडेलले विद्यालयको गतिविधि माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा भवननिर्माणमा सहयोग पुर्याउनुहुनेलाई सम्मानसहित मायाको चिनो समेत प्रदान गर्नुभएको थियो । सो अवसरमा स्थानिय जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।