काँग्रेस सुधार्नेमा गुनासा र तर्क

प्रकाशित मिति:

कार्यकर्ता भन्छन् नेता बेठिक र नेता भन्छन् कार्यकर्ता

 प्रेम पुन्थोकी

बुटवलमा आयोजित एक कार्यक्रममा नेपाल महिला संघ सम्बद्ध कार्यकर्ता सुशिला खनालले काँग्रेसका केन्द्रिय नेताहरुसँग पार्टी गुटगत राजनीतिमा चुर्लुम्म डुबेको आरोप लगाउँदै आक्रोश सहितको गुनासो पोखिन् ‘केन्द्र देखी टोल सम्म नेता र कार्यकर्ता एकजुट हुनुपर्छ ,बिपीको नाम झोलामा बोकेर हिँडेर मात्र एकता हुन्न ,व्यवहार मै एकता नभए अब मतदाताले खेद्ने छन् ।’ अन्याय, अत्याचार, बलात्कार , घुसखोरी, माफिया ,भ्रष्टाचार हुँदा पनि काँग्रेस चुप लागेर बसेको छ , कतै काँग्रेसका नेताहरु कम्युनिष्टसँग मिलेर भागवण्डामा त छैनन् ? अर्का कार्यकर्ता तीर्थ अधिकारीले शंका गर्दै गुनासो थपे ‘कार्यकर्तालाई योजना दिइएन, निर्देशन दिइएन, यसरी पार्टीको संगठन बिस्तार कसरी हुन्छ ।’ अर्का दलित अगुवा रबि बिश्वकर्माको गुनासो थियो ‘काँग्रेसका गतिबिधीहरुले दलितलाई समेट्न सकेन, कुल दलितको १५ प्रतिशतले मात्र काँग्रेसमा आस्था राख्छन्, यसको कारण काँग्रेस दलितको पक्षमा छ भनेर बुझाउन नसक्नुको कारण यस्तो भएको , के छ त दलित समुदायलाई समेट्ने योजना ?’ ‘काँग्रेसले मुलुक परिवर्तन गर्यो इतिहास बुझ्दा भेटिन्छ तर अब काँग्रेसलाई कता लैजाने भन्ने कुराको स्पष्ट भिजन पार्टीमा खै ? अर्का कार्यकर्ता हुमाराम पोखरेलले भने ‘संगठन बिस्तारको अवस्था शुन्य जस्तै भयो ।’ बिद्यार्थी संघ लगायतका भातृ संगठनलाई अनिर्णयको बन्दी बनाएको र जिल्ला जिल्लामा समेत आपसमा लडाउने काम भएको आरोप भन्दै बिद्यार्थी प्रेम परियारले आक्रोश पोखे ।

‘निर्वाचन हार्दै गर्दा काँग्रेसका सुभेच्छुकको निष्कर्ष छ अब हामी सकियौं , भने अर्को तिर अहिलेको सरकारले काम गर्न सकेन अब कम्युनिष्ट सकिन्छन् भनेर कारुणिक आशावादमा जान्छौं , यि फरक फरक सोंच एकै पटक आउँदा हामी एक ठाउँ उभिन सक्दैनौं भन्ने देखाउँछ ।

यि अहिलेको प्रमुख प्रतिपक्ष , लामो समय सरकारको नेतृत्व गरेको र बिभिन्न परिवर्तनहरुमा नेतृत्व गरेको पार्टी नेपाली काँग्रेस प्रतिका आम कार्यकर्ताका प्रतिनिधी गुनासाहरु हुन् । जति आम कार्यकर्ताका गुनासाले पार्टी प्रति चिन्ता प्रकट गर्छ तिनका नेताहरुमा खासै त्यसको प्रभाव छैन । र त गत सोमबार झापाको चन्द्रगढी विमानस्थलमा सोमबार पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप भन्दै आरोप लगाउन भ्याए । निष्किृय प्रतिपक्षी भनेर लगाएको आरोपमा उनले भने, ‘काङ्ग्रेसको प्रतिपक्षी भूमिका कमजोरमा कमजोर छैन ।’ काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो । प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उनले भने ‘यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट मात्र हो ।’

उल्टै मतदातामा आरोप थोपर्छन् ‘मतदाताले काँग्रेसमा बिचलन ल्याएको आरोप लगाउँदै थपे तर काँग्रेसले रुख छोडेर अन्त भोट हाले पछि बिग्रियो, त्यसको लागि पहिले रुखमा भोट दिने त हुनुपर्यो नी ,यो त सबै भन्दा ठुलो घात भयो । अन्तरघात, आत्मघात भयो । त्यसैले बरु गुटगत राजनीति गर्नुस् केही हुँदैन तर आत्मघात नगर्नुस् ।

देउवासँगै प्रतिस्पर्धा गरिरहेका अर्का बरिष्ठ नेताको रामचन्द्र पौडेल बिचार पनि त्यस भन्दा कम छैन उनी सजिलै भन्छन् ‘ यति ठुलो पार्टीमा एउटै मात्र सोंच र बिचार हुन्छन् भन्ने हुन्नन् , बैचारिक मन्थनहरु हुन्छन् ।’ उल्टै मतदातामा आरोप थोपर्छन् ‘मतदाताले काँग्रेसमा बिचलन ल्याएको आरोप लगाउँदै थपे तर काँग्रेसले रुख छोडेर अन्त भोट हाले पछि बिग्रियो, त्यसको लागि पहिले रुखमा भोट दिने त हुनुपर्यो नी ,यो त सबै भन्दा ठुलो घात भयो । अन्तरघात, आत्मघात भयो । त्यसैले बरु गुटगत राजनीति गर्नुस् केही हुँदैन तर आत्मघात नगर्नुस् ।” उनले गुटको बचाउ गर्दै भन्छन् ‘गुट त देउताको पालामा पनि थियो । मातृका, बिपी र गणेशमान, गिरिजा प्रसाद बिच पनि गुटबन्दी थियो । तर व्यवस्थापन र लोकतान्त्रिक मर्यादा भित्र राख्न सक्नुपर्ने हुन्छ ।’ उनका कुराले स्पष्ट संकेत दिए, पार्टीमा भावनात्मक एकता अझै भएको छैन । महासमिति बैठकमा सबैले हात उठाउँदा देउवा र आफुलाई पनि हात उठाउन बाध्य पारिएको स्मरण गर्दै भने ‘त्यो बेला मैले मन नमिलेरै हात मिलाएको हुँ किनकी त्यो बेलामा हाम्रो एजेण्डामा मेल थिएन र अर्को कुरा हामी मिलेर मात्र हुने कुरा थिएन जिल्लामा तपाईहरु बिचको गुट बन्दी के हुने टुंगो थिएन ।’ उनले ०५१ सालको घटना स्मरण गरे ‘ पोखरामा किसुनजी र गिरिजाबाबुले पोखरामा हात उठाएर काठमाण्डौ आइ नपुग्दै सरकार बिघटन गर्दा अहिले सम्म पार्टी र देशलाई घाटा लागेको छ । एकता एकता भन्नु हुन्छ, पार्टीको बिधि बिधानमा रहेर इमान्दार भएर काम गरौं ,एकता त्यही हो । न्याय, निष्पक्षता र पारदर्शी मुल्यांकन नै पार्टी एकताको आधार हो ।’ उनले देउवालाई कटाक्ष गर्दै भने ‘ सभापति बलियो बनाएर मात्र हुन्छ काँग्रेस बलियो हुनु पर्दैन ? अब नयाँ ताजगी लिएर जनतामा जाऔं । तपाईले देउवा पनि नभन्नुस् , पौडेल पनि नभन्नुस् तपाईले पार्टी भन्नुस् , काँग्रेस भन्नुस् यति भए पार्टी पार लाग्छ । काँग्रेसको सिद्धान्त, मान्यता र आदर्शको पछि लाग्नुस् ।’

गुटगत राजनीतिमा कार्यकर्तामा आएको चिन्तालाई सकारात्मक लिएको बताउने अर्का नेता अर्जुननरसिंह केसी आक्रोश र सुझाब आउनु भनेकै पार्टीलाई जीबन्तता दिनु हो भन्छन् । उनी स्वार्थ बिहिन संकल्प गर्न आवश्यकता रहेको बताउँछन् । हरेक तहमा नेतृत्वमा गरेकाहरुमा म भन्दा ठुलो केही छैन भन्ने सर्वसत्ताबादी अधिनायकवादी प्रवृत्ति भएको उनको तर्क छ । उनी बदला लिने हैन बदलिने कसरी भन्ने समय आएको भन्दै थप्छन् ‘निश्चित बिचार मिसनका साथ अगाडि बढ्ने दृढता आवश्यक रहेको छ’ ।

‘कोकाकोलालाई  अर्बौं खर्च गरेर चिसो भनेकै कोकाकोला भनेर राम्रो भएको छ कुनै दिन कोकाकोलालाई नराम्रो भन्दिैए बिक्री बन्द हुन्छ , त्यस्तै काँग्रेसले काँग्रेस नै गलत भन्दै जाँदा काँग्रेस कमजोर बनेको हो’ ।

बिद्यार्थी राजनीतिको बेथिति बिझेछ क्यार , पूर्व नेपाल बिद्यार्थी संघका अध्यक्ष समेत रहेका नेता बालकृष्ण खाँण बिद्यार्थीको राजनीति गर्नेहरु क्याम्पसमा पढ्ने हुनुपर्नेमा जोड दिँदै भन्छन् ‘ बिद्यार्थी भन्दा बाहिरकाले अब पार्टीको राजनीति गर्ने हो ।’ उनी सरकारी बिद्यालय जस्तो सबै सुबिधा सम्पन्न तर परिणाम शुन्य भए जस्तो काँग्रेस पार्टीको अबस्था रहेको बताउँदै कोकाकोलाको बिज्ञापनको उदाहरण दिँदै भन्छन् ‘कोकाकोलालाई  अर्बौं खर्च गरेर चिसो भनेकै कोकाकोला भनेर राम्रो भएको छ कुनै दिन कोकाकोलालाई नराम्रो भन्दिैए बिक्री बन्द हुन्छ , त्यस्तै काँग्रेसले काँग्रेस नै गलत भन्दै जाँदा काँग्रेस कमजोर बनेको हो’ ।

‘आफ्नै साथी आफ्नै पार्टीको मान्छेलाई शत्रु देखेर पार्टी माथि पुग्दैन । टिकट दिँदा सम्म बिकल्प खोज्ने हो तर टिकट पाउने कुरा टुंगिए पछि सबै एकै ठाउँ बस्न सके पार्टी बन्छ ।’

अर्का काँग्रेस नेता गगन थापा पार्टीको सन्दर्भमा अलि फरक बिचार राख्छन् भन्छन् ‘निर्वाचन हार्दै गर्दा काँग्रेसका सुभेच्छुकको निष्कर्ष छ अब हामी सकियौं , भने अर्को तिर अहिलेको सरकारले काम गर्न सकेन अब कम्युनिष्ट सकिन्छन् भनेर कारुणिक आशावादमा जान्छौं , यि फरक फरक सोंच एकै पटक आउँदा हामी एक ठाउँ उभिन सक्दैनौं भन्ने देखाउँछ । यस अगाडि भएका पार्टीले गरेको नेतृत्व र उपलब्धीमा गौरब गरौं र जहाँ गल्ती गरेका छौं त्याहाँ गम्भिर समिक्षा गरौं । देश प्रतिको कर्तव्य ठम्याउने र सम्पादन गरे परिणाम फेरी पनि काँग्रेसकै पोल्टामा आउँछ ।’
संबिधानमा उल्लेख भएका सम्पुर्ण मुख्य मान्यताहरु काँग्रेसको नीति अनुरुप भएकोले काँग्रेसले संबिधान निर्माणमा आफुलाई जिताएको तर्क अर्का नेता बद्री पाण्डेको छ । ‘यो मात्र हैन आज सम्मका परिवर्तनमा आफु अनुकुल आफ्ना बिचारलाई जिताउँदै आएकोले काँग्रेसले हरेश खाने बेला भएको छैन । हाम्रो बिचारले जितेको छ ।’ पाण्डे थप्छन् ‘आफ्नै साथी आफ्नै पार्टीको मान्छेलाई शत्रु देखेर पार्टी माथि पुग्दैन । टिकट दिँदा सम्म बिकल्प खोज्ने हो तर टिकट पाउने कुरा टुंगिए पछि सबै एकै ठाउँ बस्न सके पार्टी बन्छ ।’