नेकपा एकतामा असन्तुष्टी :रुपन्देही सचिव न्यौपानेद्वारा पदबाट राजीनामा

प्रकाशित मिति:

बुटवल-नेकपा रुपन्देहीका सचिव दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन् । आफू पार्टी केन्द्रीय सदस्य,प्रदेश सभा सांसद पदमा रहेकाले राजीनामा दिएको न्यौपानेले बताएका छन् । नेकपा पार्टी एकता अन्तर्गत सोमबार घोषणा भएका जिल्ला कमिटीको नेतृत्वमा प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य न्यौपानेलाई सचिव र बुटवल उपमहानगरका मेयर एवं पार्टी प्रदेश कमिटी सदस्य शिवराज सुवेदी अध्यक्षमा मनोनित भएका थिए ।

न्यौपानेले मंगलबार प्रदेश ५ इन्चार्ज शंकर पोखरेललाई भेटेरै राजीनामा बुझाएका छन् भने पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत राजीनामा पत्र पढाएको स्रोतले जनाएको छ । न्यौपानेले आफू प्रदेश सभा अन्तर्गतको संसदीय समिति उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पनि छन् । न्यौपाने पुर्व माओवादी केन्द्रको पोलिब्युरो सदस्य थिए । न्यौपानेले आफ्नो ठाउंमा यसअघि कार्यदलले सचिवमा सिफारिस गरेका पुर्व माओवादी केन्द्रका निर्मल जीसीलाई सचिव पदको जिम्मेवारी दिन आग्रह गरेका छन् ।