विप्लवको जनसरकार प्रमुखकी श्रीमती पक्राउ

प्रकाशित मिति:

बुटवल-प्रहरीले विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य एवं अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई देवदहबाट पक्राउ गरेको छ । आफ्नै घरमा रहेका बेला सुवेदीलाई प्रहरीले गए राति ११ बजेतिर पक्राउ गरेको हो ।

सुवेदी विप्लव नेतृत्वको नेकपा रुपन्देहीको जनसरकार प्रमुख शिशिरकी श्रीमती समेत हुन् । सुवेदीलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा ल्याई अनुसन्धान थालिएको एसपी हृदय थापाले बताए । कल्पनालाई ५ वर्षिय नाबालक छोरासंगै पक्राउ गरिएको सो पार्टी निकट एक कार्यकर्ताले सबलपोष्टलाई बताए ।