बाढीले बगाउदा एक जनाको मृत्यु

प्रकाशित मिति:

रामेछाप । दोरम्बा गाउँपालिका ३ टोकपुरस्थित निगुरेमा आएको बाढीले बगाएर एक बालकको मृत्यु भएको छ ।मंगलबार स्थानीय भीमसेन खोलामा आएको बाढीले ११ वर्षीय अनिष श्रेष्ठलाई बगाएको हो । खोला तर्ने क्रममा अचानक आएको बाढीले उनलाई बगाएको थियो ।

उनीसँगै हजुरबुबा भीमसेनलाई पनि बगाएको थियो । हजुरबुवा भने करिब ५० मिटर तल पुगेर निस्किएका थिए ।अनिष धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत छात्र भएको विद्यालयका शिक्षक तेज नगरकोटीले जानकारी दिए ।