नेतृतव विकासका लागि सुनचांदी व्यवसायीलाई तालिम

प्रकाशित मिति:

सुनचादी ब्यवसायी नेतृत्व विकास गर्दै

कंचन सुनचाँदी व्यावसायि संघ, हरैयाको अयोजनामा एक हप्ते उद्घघोषण तथा सकारात्मक सोच तालिम सम्पन्न भएको छ ।
कार्यक्रम संघका अध्यक्ष छबि गहतराजको अध्यक्षता, रुपन्देही सुनचाँदी व्यावसायि संघ जिल्ला सदस्य सुरज बरालको प्रमुख आतिथ्यता, डाइनामिक प्रशिक्षक ऋषि राम न्यौपानेको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा संघका जिल्ला प्रतिनिधि टेकबहादुर सुनार, कन्चन गाउँ पालिका जनप्रतिनिधि कुमारी बिक, हरैया बहुमुखी क्याम्पस प्राध्यापक गोपाल पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम कार्यसमिति सदस्य मोहन गहतराजको स्वागत, सचिव टिकाराम सुनारको धन्यवाद ज्ञापन तथा कार्यक्रम संयोजक ठाकुर सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।
सात दिने तालिममा संघ आवद्ध २१ जना पदाधिकारीको सहभागिता रहेको थियो । सरकारले चर्को कर उठाउने तर सुबिधा दिन नसक्ने भन्दै सुनचाँदी व्यावसायिका समस्या समाधानमा छिटो ध्यान दिन रुपन्देही सुनचाँदी व्यावसायि संघ जिल्ला सदस्य सुरज बरालले आग्रह गरे । हाम्रो पेशा जोखिममा रहेको संबेदनसिल पेशा भएकोले सरकारले न्युनतम समबेदना पनि नदेखाउदा हामी व्यावसायि दुखी छौँ, बरलले भने ।
तालिमका प्रशिक्षार्थी तथा संघ सदस्य जिवन सुनारले तालिमले आफू हरुलाइ समाजमा नेतृत्व लिन सक्ने बनाएको भन्दै नेतृत्व तथा ब्यतित्व बिकास र खुशी साथ जीवन ज्युन अत्यन्तै लाभदायक भएको बताए ।
असल सोचले बिश्व असल बन्ने हुँदा सर्बपर्थम समाज र देशको नेतृत्व लिने नेताहरूमा सकारात्मक सोचको खाचो रहेको भन्दै नकारात्मक सोचले नै बिश्व एकदिन ध्वस्त हुन सक्ने हुँदा सोच वास्तबमै गम्भीरता विषय रहेकोे तालिमका प्रशिक्षक ऋषिराम न्यौपानेले बताए । सबैले नैतिकता सहितको नेतृत्व बिकास गर्न सकेमात्र समाज मुल्यनिश्ठ र सुसन्स्कृत बन्ने भन्दै न्यौपानेले बिश्व सभ्यताको अभ्यासमा नेपाली धेरै पछाडी परेको हुँदा आउने पिढी नैतिकताको जोखिममा रहेको समेत टिप्पणी गरे ।
संघका अध्यक्ष छबि गहतराजले तालिम अति नै लाभदायक भएकोले संघ आबद्ध सबै लाई निरन्तर बिकास,चेतना र समृद्धि मुलुक तालिम दिदै जाने बताए ।