नेकपा रुपन्देहीकि महिला नेतृ कल्पनालाई ५ बर्षे छोरा सहित प्रहरीद्वारा गिरफ्तार

प्रकाशित मिति:

रुपन्देही -विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जिल्लास्तरिय नेता तथा महिला नेतृ कल्पना सुबेदिलाई प्रहरीले बच्चासहित गिरफ्तार गरेको छ । गत राती आफ्नै घर देवदह खैरेनीमा सुतिरहेको बेला राती ११ बजेको समयमा घरमा छापा मार्न पुगेको प्रहरीले सुतिरहेको आमा छोरालाई गिरफ्तार गरेको हो ।

उनको ५ बर्षिय छोरा सहित मध्यरातमा गिरफ्तार परेकी कल्पनालाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।